भ्यालेनटाईम डेको अवसरमा म्यानमारमा सांगेतिक धमका हुने

प्रकासित मिति: १९ माघ २०७४, शुक्रबार १६:३२

गायकद्धय कार्की र जोशी बुधबार म्यानमार जाँदै

काठमाण्डौ । नेपाली साँगेतिक क्षेत्रमा गजल गायकका रुपमा परिचित सदाबहार गायक आनन्द कार्की र अहिलेकी ब्यस्त गायिका इन्दिरा जोशीले म्यानमारमा साँगेतिक प्रस्तुति दिने भएका छन् ।
भ्यालेनटाइम डे को अवसर पारेर म्यानमारमा रहेका नेपालीले कार्यक्रम आयोजना गरेका हुन् ।
‘लाग्छ मन हेरी रहु , ‘यी हल्लाहरु हुन तिमीले सुनेका’ जस्ता चर्चित गीतहरु कार्कीले गाएका छन्। जोशी पछिल्लो समयकी ब्यस्त युवा गायीका हुन्। टुटो तारा आकाशैमा, ‘फुलवुटे चोली अनि रातो घाँघर’ जस्ता गीत गायर चर्चामा रहेकी जोशी नेपाली आइडलवाट संगित क्षेत्रमा प्रवेश गरेकी थिइन्।

यही माघ २८, २९ र फागुन १ गते म्यानमारमा उनीहरुले संयुक्त प्रस्तुति दिन यहि बुधबार उनिहरु म्यानमार जाँदैछन् ।
गायक कार्कीले भने यस अघि पनि म्यानमारमा साँगेतिक प्रस्तुति दिईसेका छन् भने इन्दीरा जोशी लगायतका अन्य भने पहिलो पटक कार्यक्रमा सहभागि हुदैछन् ।

म्यानमारका सङ्खाई धाममा बिशेष प्रस्तुति हुदैछ । म्यानमारमा रहेका नेपालीभाषी माझ यस्तो कार्यक्रम हुन लागेको हो। नेपाली गीत तथा संगितको संरक्षणका लागि म्यानमारका नेपालीको आयोजनामा सांगेतिक कार्यक्रम हुन लागेको हो। कार्यक्रमा युवा गीतकार प्रकासबाबु थापा (प्रकाशपुञ्ज) र खुस्बु प्रधान पनि पहिलो पटक म्यानमार जाँदैछन् । गीतकार प्रकाशपुञ्जले रचना गरेका गीतहरु पछिल्लो समयमा निकै चर्चित छन् । प्रकाशपुञ्ज पछिल्लो समय समाजसेवामा समेत सक्रिय छन् ।

२०४२ सालबाट गजलमार्फत सागीतिक यात्रामा प्रवेश गरेका गायक कार्कीले गजल, भजन, आधुनिक र चलचित्रका समेत गरी तीन हजारभन्दा बढी गीत गाइसकेकाछन् । इन्दिरा जोशीले डोरेमी संगीत एकेडेमीबाट संगीत सिकेकी हुन् । उनी सन् २०१७ को नेपाल आइडलकी निर्णायकको रूपमा परिचित छिन्।

Bhansar Bivag
Argakhachi Cement