भ्रष्ट नेताको कहानि

प्रकासित मिति: ५ माघ २०७५, शनिबार १४:२४

प्रदिप देवकोटा
एउटा नेता जस्ले विकासको क्षेत्रमा आफु सदैब अघाडि बढ्ने र उनिहरुको हकहितका निम्ति काम गर्ने भनि जनतालाई ठूलो आश्वासन देखाई चुनाब लडेछ्न र जितेछन पनि । आफ्नो गाउँठाउँको मान्छे सिंहदरबारमा छिर्नु , यो त स्थानियबासिहरुको लागि हर्सकै विषय थियो, ति नेता संसद हुँदै मन्त्री समेत बन्न पुगे । जनताले ति मन्त्री माथि ठूलो भरोसा गरे । देशको हालत निकै खराब थियो मानिस हिँड्ने बाटो देखि यातायात गुड्ने सडक निकै नाजुक थियो, धुलो, मैलो, साङ्ग्रो भएका कारणले यातयातका साधन पनि निकै दुर्घटना र सडक जाम हुने गर्थ्यो,जनताहरु ले स्वच्छ पिउने पानी पाउन समेत मुस्किल थियो । जनताले सिटामोल खान समेत नपाएर मृत्यु हुन्छ । देशको सर्बोच्च पदमा बसेका नेता उनि टाउको दुख्दा, पखला चल्दा समेत बिदेश जान्थे उपचारको लागि । उनि ठूलो नेता बने तर जनता र देशको लागि माखो मारेनन !
उनले जनताको हकहितको निम्ति कहिल्यै काम गरेनन , मात्र आफु र आफ्ना आफन्त, आसेपासे हरुलाई सम्पन्न बनाउन तर्फ लागे । उनको आफ्नै घर थियो, आफ्नै सवारी साधन थियो, चिल्लो गाडिमा चडेर हिँड्थे, निकै धन सम्पत्ति पनि जोडेका थिए! आफ्ना छोराछोरिलाई विदेश पढ्न पठाए तर जनताको छोराछोरि ले सरकारि स्कूलमा पढ्दा समेत कापि कलम किन्न मुस्किल पर्थ्यो ! आफ्ना आफन्त नातागोता तथा आसेपासेहरुलाई जागिर तथा उनिहरुको पिए मा नियुक्त गरे। भ्रष्टचारमा पनि निकै अगाडि नै थिए, त्यसकारणले छोराछोरी सबै विदेश थिए । जनताले गरेको उनिमाथिको भरोसा समेत उड्यो । यो गर्छु त्यो गर्छु भनेर ठूलो ठूलो भाषण त गर्थे तर जनताले आश गर्न छाडिसकेका थिए ।
एक दिनको कुरा हो, ति नेताको अचानक मुटु दुख्यो, उनि अस्पताल हिँडे तर बाटो निकै जाम थियो,४ घण्टा बितिसक्दा पनि जाम खुलेन , अचानक उनको बाटोमै मृत्यु भयो । उनको मृत्यु भएको कुरा सुन्दा पनि न उनका छोराछोरि विदेशबाट फर्किए न त उनिलाई भोट हालेर जिताउने जनताको आँखाबाट आँसु झर्यो ! मन्त्री बाउले भ्रष्टचार गरेको सम्पतिले छोराछोरि लाई भरिपूर्ण त बनाए तर त्यहि सम्पत्तिले मात्तिएर छोराछोरि बाउको काजकृया गर्न समेत आएनन, वास्तवमा उनले देशको निम्ति कहिल्यै राम्रो काम गरेनन न त जनताको लागि नै गरे! आफ्ना छोराछोरिको लागि र आफ्ना नातागोतको लागि त गरे तर जसको लागि गरे उनिहरुनै उनको मृत्यु हुन लाग्दापनि उनको साथमा थिएनन! उनि देशको नेता त बने तर जनताको नेता कहिल्यै बन्न सकेनन ।

Bhansar Bivag
Argakhachi Cement