डडेल्धुरा, १८ वैशाख । दैनिक ज्यालादारी र मजदुरी गरी जीविकोपार्जन गर्दै आइरहेका डडेल्धुरा अमरगढी नगरपालिका–८ खनमडाका दलित महिला व्यावसायिक तरकारीखेतीतर्र्फ उन्मुख भएका छन् ।
जिल्ला कृषि विकास कार्यालय र जिल्लास्थित विभिन्न गैरसरकारी संस्थाले आर्थिक तथा प्राविधिक सहयोग दिन थालेपछि डडेल्धुरा अमरगढी नगरपालिका खनमडाका २७ परिवार दलित महिला व्यावसायिक तरकारीखेतीमा लागेको यहाँस्थित अनुकूलन परियोजनाले जनाएको छ । तरकारीखेतीका लागि नयाँ प्रविधि र सिँचाइको व्यवस्थासमेत मिलाइएको सो परियोजनाका जिल्ला संयोजक पुरन ऐरले जानकारी गराउनुभयो ।
पुरुषहरु ज्यालादारी तथा पुख्र्यौली पेसा डोका डाला निर्माण गर्ने भए पनि महिला भने तरकारीखेतीका लागि दिनहुँजसो खेतबारीमै व्यस्त रहने गरेको पाइन्छ् ।
दैनिक मजदुरी गरी तरकारी खानका लागि बजारबाट किन्ने यहाँका दलित महिला अहिले भने तरकारीखेतीतर्फ आकर्षित हुन थालेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि अधिकृत दिलबहादुर विष्टले बताउनुभयो ।
पहिला ज्यालादारीमा काम गरेर भए पनि बजारबाट तरकारी किनेर खाने गथ्र्यौ तर आजभोलि आफँै तरकारी लगाएर बजारमा बेच्नका लागि जाने गरेको व्यावसायी कलावती पार्कीले बताउनुभयो ।
रसायनिक मलले स्वास्थ्यमा नकारात्मक असर पर्नेबारे ज्ञान पाएपछि आफूहरुले तरकारीमा जैविक विषादी प्रयोग गर्ने विधि सिकेर तरकारीबारीमा जैविक विषादी र मलको मात्रै प्रयोग गर्ने गरेको घटाल कृषक समूहका महिला बताउँछन् ।
थोरै जमिन हुँदा धान गहँुलगायतका खाद्यान्न बालीबाट हुने उत्पादनबाट तीन महिनाका लागि पनि खान नपुग्ने खेतबारीमा तरकारीखेतीबाट जीविकोपार्जनका लागि सहज हुने भन्दै यहाँका दलित परिवार तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । तरकारीखेती सुरु गरेसँगै उनीहरुको आयस्तर समेत वृद्धि भएको छ ।