मजदुर दिवसको अवसरमा परिवार दलको शुभकामना

प्रकासित मिति: १८ बैशाख २०७६, बुधबार ०४:०३

काठमाडौं । नेपाल परिवार दलले मजदुर दिवसको अवसर पारेर शुभकामना दिएको छ । दलका अध्यक्ष एव पूर्वमन्त्री एकनाथ ढकालले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मजदुरहरुमा १३० औं मजदुर दिवसको शुभकामना दिएका छन् । अध्यक्ष ढकालले नेपाली श्रमिक अझै पनि अनेक समस्यामा रहेकाले उनीहरुको हक, हित सुरक्षाका लागि परिवार दल सदैव प्रतिबद्ध रहेको जनाएका छन् ।
लोकतन्त्रमा मात्र श्रमको सम्मान हुने भएकाले आफ्नो ठाउँबाट श्रमको सम्मान गर्न सबैलाई आग्रह गदै अध्यक्ष ढकालले महिला र पुरुषको बीचमा हुने श्रमको मुल्यमा समानता हुनुपर्नेमा जोड दिएका छन् ।

Bhansar Bivag
Argakhachi Cement