पोखरा, १४ मंसिर निर्वाचनको मिति सात दिन मात्रै बाँकी रहँदा मतदान केन्द्रका गाउँ–टोलमा खटिएका मतदाता शिक्षा स्वयंसेवक अभैm मतदाता सामु पुगेका छैनन् । मतदातालाई मतपत्रमा छाप लगाउने तरिकाबारे जानकारी दिने स्वयंसेवक नै गाउँघरमा नपुगेपछि मतदाता अलमलमा परेका हुन् ।
पोखरा नगर क्षेत्रको नजिक रहेको पोखरा–लेखनाथ महानगरपालिका–९ नयाँबजारमा मतदाता शिक्षा स्वयंसेवक नआएको स्थानीय मतदाता मायादेवी शर्मा बताउनुहुन्छ । स्थानीय तहको निर्वाचनमा एउटै मतपत्रको सात ठाउँमा स्वस्तिक छाप लगाएका मतदातालाई यसपालिको निर्वाचनमा भने तीनवटा मतपत्रका चार ठाउँमा स्वस्तिक छाप लगाउनुपर्ने हुन्छ ।
शुरुमा मतपत्र लिएपछि प्रतिनिधिसभामा उम्मेदवारी दिएका दल वा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न, त्यसपछि प्रदेशसभामा उम्मेदवारी दिएका दल वा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न र अन्तिमको मतपत्रमा समानुपातिकतर्पm प्रतिनिधिसभा र प्रदेशसभाका लागि दलको चुनाव चिह्नमा मतदाताले स्वस्तिक छाप लगाउनुपर्छ ।
समानुपातिकतर्पm एउटै मतपत्रमा माथि प्रतिनिधिसभा र तल प्रदेशसभाको चुनाव चिह्न भएकाले आपूmलाई मन पर्ने दलको माथि र तलको चुनाव चिह्नमा स्वस्तिक छाप लगाएपछि एउटै अन्तिम मतपेटिकामा खसाल्नु पर्नेछ ।
गत कात्तिक २५ गते क्षेत्रीय निर्वाचन कार्यालयले दुई चरणमा मतदाता शिक्षा स्वयंसेवकका लागि तालिम सञ्चालन गरी जिल्लाका ३१७ वटै मतदान केन्द्रमा स्वयंसेवक खटाएको थियो ।
मतदाताका शिक्षाका लागि निर्वाचन आयोगले करोडौँ रुपैयाँ खर्च गरे पनि खर्च अनुसारको सेवा प्राप्त हुन नसकेको स्थानीय मतदाता बताउँछन् ।