मध्यपूर्वी क्षेत्रको सुरक्षाबारे इरानको बलियो अडान हुनुपर्ने ः खामेनी

प्रकासित मिति: ३ आश्विन २०७३, सोमबार ०३:०५

तेहरान (इरान),  इरानका सर्वोच्च कमान्डर आयतोल्लाह अलि खामेनीले आइतबार आफ्नो वेबसाइटमा आफ्नो क्षेत्रको द्वन्द्वका विषयमा वासिङटनविरुद्ध एकजुट हुनुपर्ने बताउनुभएको छ ।

इरानी सेनाका विशिष्ट सैन्य अधिकारीलाई गरेको सम्बोधनमा उहाँले सिरिया, इराक, लेबनान र यमनलगायत इस्लामिक राष्ट्रहरुमा भएको द्वन्द्व समाधानमा अमेरिकी प्रशासन आग्रही बनेको दाबी गर्दै यसमा इरानको इमान्दार एवम् बलियो अडान रहनुपर्ने बताउनुभयो ।

मध्यपूर्वी क्षेत्रमा भएका द्वन्द्वमा वार्ताका लागि अमेरिकी प्रयास इरानलाई ती मुलुकबाट टाढा बनाउने रहेको बताउँदै, जहाँ यसपूर्व अमेरिकाको कूटनीति असफल भएको थियो, त्यहाँ इरानलाई एक्ल्याएर अमेरिकी प्रभुत्व बढाउन खोजेको खामेनीले बताउनुभयो ।

खामेनीको उक्त सम्बोधन इरानी सेनाका मेजर जनरल अलि जफारी, ओआसिन सुलैमनी इरानका विदेश विभागका सदस्यहरु लगायतलाई गरिएको सम्बोधन थियो ।

सन् १९८० देखि अमेरिकासँग कूटनीतिक सम्बन्ध नराखेको इरानले मुलुकमा विदेशी हस्तक्षेपको सामना गर्न सैन्य शक्ति तथा आन्तरिक एकता सबैभन्दा बलियो अस्त्र हुने खामेनीको भनाइ थियो ।

सर्वोच्च नेता खामेनीले विदेशी त्यसमा पनि खासगरी अमेरिकी सैनिक आक्रमणको खतरालाई कम गर्न इरानी सेनालाई सशक्त बनाउनुको विकल्प नभएको बताउनुभएको उक्त वेबसाइटमा जनाइएको छ ।

Bhansar Bivag
Argakhachi Cement