मन्त्रालय थपिदिएपछि मिल्यो कांग्रेसमा भागबन्डा

प्रकासित मिति: ९ भाद्र २०७३, बिहीबार १७:१७

काठमाडौं । लामो समय चलेको छलफल र सल्लाहपछि नेपाली कांग्रेसका ११ मन्त्रीको शपथ ग्रहण आज बिहान हुने भएको छ । मन्त्रीको शपथका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा राष्ट्रपति कार्यालयले शुक्रवार बिहान ९ बजेका लागि समय निर्धारण गरेको हो ।
सत्तासाझैदार नेपाली काग्रेसमा पौडेल पक्षले पाँच मन्त्रीको नाम उपलब्ध गराएपछि सभापति देउवाले ११ मन्त्रीको सूची तयार भएको हो । कांग्रेसभित्र मन्त्रीको भागबन्डा मिलेसँगै सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु मन्त्रीको टुंगो लगाउन छुट्टा–छुटै छलफलमा बिहिबार दिनभर व्यस्त रहेका थिए ।
काग्रेस भित्रको विवाद समाधान भएपछि शुक्रवारै साँझ ५ बजेसम्म भए पनि थप हुने मन्त्रीहरूको सपथ गराउने तयारीमा सभापति देउवा लागेका थिए । तर बिहीबार कृष्णजन्माष्टमी पर्वको सार्वजनिक विदा र राष्ट्रपति विद्यादेवी भण्डारीको व्यस्तताका कारण नयाँ मन्त्रीहरूको सपथग्रहण एक दिन ढिला हुने भएको देउवाका निजि सचिव भानु देउवाले बताए । उनका अनुसार कांग्रेसको सिफारिसमा थप मन्त्रीहरुको नाम आएमा बिहीबार साँझसम्म सपथ ग्रहण गराउने भन्ने कुरा भए पनि विदाको दिन चलन नभएको र साँझ ५ बजेदेखि ७ बजेसम्म राष्ट्रपति कृष्णमन्दिर र गोठाटारमा दर्शन गर्न जाने पूर्वनर्धारित कार्यक्रम भएका कारण शुक्रवारलाई तय भएको उनले बताए ।
समाचार श्रोतका अनुसार नेपाली कांग्रेसभित्र देखिएको मन्त्रालय भागबण्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल लचिलो हुँदै थप एक मन्त्रालय दिन तयार भएपछि मन्त्रिमण्डल विस्तार शुक्रबार हुने पक्का भएको छ । कांग्रेस नेता एवं उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल लगायतका नेताबीच बिहीबार बालुवाटारमा भएको सहमति अनुसार कांग्रेसले सहकारी तथा गरिबी निवारण मन्त्रालय थप गरी १४ मन्त्रालय पाउने भएको छ ।
यसअघि कांग्रेस र माओवादी नेताहरूबीच भएको सहमतिमा माओवादीले प्रधानमन्त्री बाहेक ८ मन्त्रालय र कांग्रेसलाई १३ मन्त्रालयको भागबण्डा भएको थियो । प्रधानमन्त्रीका एक जना जिजि सचिवका अनाुसार अनुसार कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कम्तीमा पाँच मन्त्रालय माग्दै नभए सरकारमा सहभागी नहुने अडान लिदै आएको थियो । त्यसपछि सभापति शेरबहादुर देउवासँगको सल्लाहमा उपप्रधानमन्त्री निधिले प्रधानमन्त्री दाहालसँग वार्ता गरी कांग्रेसको लागि सहकारी तथा गरिबी निवारण मन्त्रालय थप गराउन सफल भएका थिए ।
कांग्रेसको कोटामा मन्त्रालय थप भएपछि सभापति देउवाले पौडेल पक्षलाई पाँच मन्त्रालय दिन सहज भएसँगै मन्त्रिमण्डलमा भागबण्डाको विषयमा उब्जिएको विवाद पनि सुल्झिएको । यता कांग्रेसले माओवादीलाई शिक्षा मन्त्रालय छाड्न र त्यसको सट्टा कांग्रेसले माओवादी भागमा परेको स्वास्थ्य मन्त्रालय लिने तय समेत भएको छ ।
साथै, कांग्रेसको कोटामा परेको शिक्षा मन्त्रालय छाडी स्वास्थ्य मन्त्रालय लिएका छन । तर शिक्षा पाउने भनिएको नेता अर्जुननरसिंह केसीलाई भने सहरी विकास मन्त्रालयमा पठाउने आन्तरिक सहमती भएको बु्झिएको छ । कांग्रेसको भागमा गृह, भौतिक पूर्वाधार तथा यातायात, रक्षा, स्वास्थ्य, परराष्ट्र, सामान्य प्रशासन, सहरी विकास, संस्कृति तथा पर्यटन, सिंचाइ, श्रम तथा रोजगार, बन, शान्ति तथा पुनर्निर्माण, सहकारी तथा गरिबी निवारण मन्त्रालय परेको छ । त्यस्तै, खानेपानी मन्त्रालय प्रधानमन्त्री दाहालले सानो दलका लागि कांग्रेससँग भागेपछि उक्त मन्त्रालयको सट्टा उद्योग मन्त्रालय कांग्रेसले पाउन सक्नेछ ।
यी हुन् पौडेल समूहका मन्त्री हुने पाँच नेता
बिहीबार महामन्त्री शशांक कोइरालाको निवासमा बसेको पौडेल पक्षीय नेताहरुको बैठकले कोषाध्यक्ष सीतादेवी यादवसहित पाँच मन्त्रीको टुंगो लगाएको हो । पौडेल पक्षीय एक नेताका अनुसार कोषाध्यक्ष यादवसहित केन्द्रीय सदस्यहरु दिपक गिरी, हृदयराम थानी, रोमी गौचन र नविन्द्रराज जोशीको नाम मन्त्रीका लागि टुंगो लगाएको हो ।
एक नेताका अनुसार पाँच मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाएको छ । बिहीबार बिहान सभापति देउवाले पौडेल पक्षलाई पाँच मन्त्रालय दिन सहमत भएको भनेर टेलिफोन गरेपछि मन्त्रीको टुंगो लगाउन बैठक बसेको थियो । पौडेल पक्षले सुरुदेखि नै कांग्रेसले पाउने १३ मन्त्रालयमध्ये ५ मन्त्रालय नपाए आफ्ना तर्फबाट सरकारमा मन्त्री नपठाउने चेतावनी दिँदै आएको थियो ।

Bhansar Bivag
Argakhachi Cement