काठमाण्डौ । गायक देवेन्द्र राई र प्रश्न लामाको “मन को थैलीमा” बोलको गित लिएर आएका छन । युट्युब मार्फत भर्खरै सार्बजनिक गरेको गितको शब्द प्रश्न लामा
संगित सुशील श्रेष्ठको रहेको छ भने स्वर प्रश्न लामा र देवेन्द्र राईको छन ।पछिल्लो समय निकै ब्यस्त र चर्चा कमाउन सफल गायीका प्रश्न लामा उदयपुर् भेल्टार नगरपालिका २ गंगते बुद्ध चोककामा जन्मेका हुन् । गायीका लामाको यो भन्दा अघि तिमीलाई के भयो र सिरैमा ढक्क टोपी गित निकै चर्चामा रहेको थियो ।आउने तिहारमा अघि समय र परिस्थितिले साथ दिए केही गितहरु दर्शक श्रोता माझ ल्याउने लागेको गायिका प्रश्न लामाले ए टु जेट खबरलाई जानकारी दिएका छन् । संगितकार सुशील श्रेष्ठ , लगायत अन्य आफ्नो रोजाईको केही संगितकारबाट आफ्नो रोजाईरफ्लेबरको शब्दमा सङ्गित दिने तयारी पनि भइ रहेको गायीका प्रश्न लामा बताएका छन । सानै देखि संगितमा रुचि राख्ने गायीका प्रश्न लामा संगितलाई आफ्नो करियरको रुपमा अघि बढाउने कोशिसमा रहेका छन ।
“मन को थैलीमा” अफिसियल म्युजिक भिडियोमा मोडल रोजिना गुरुङ र मानब थिङ्ग ले साथ दिएका छन । प्रश्न लामालाई यस भिडियोमा नयाँ गेटअपमा देखिएका छन । सदा झै सेन्टिमेन्टल लुक्समा देख्दै आएका देवेन्द्र राई र प्रश्न लामा यस पाली अलि चन्चलेरनक्कलेको रुपमा देखिएका छन्, भने भिडियोमा गाउँघरका टिपिकल कुराहरुलाई देखाउन खोजिएको छ । रामेश्वोर जिरेलले छायाकाकन गरेको भिडियोलाई तेन्जी लामाले निर्देशन गरेका छन् ।