महर्जनको ‘तिम्रो रुपैको’ लोकप्रिय बन्दै

प्रकासित मिति: १० मंसिर २०७४, आईतवार १५:५४

मंसिर- राजकुमार महर्जनको सुन्दर भावले सजिएको प्रेमगीत ‘तिम्रो रुपैको’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।   यसै हप्ता युटुबमाफृत सार्वजनिक गरिएको सो म्युजिक भिडियो छोटो समयमै चर्चित बनेको छ ।  बुद्ध योन्जनको शब्दलाई सुनिल गिरीले आवाज र संगीत भरेर कर्णप्रिय स्वर भरेका छन् ।तिम्रो आँखैमा खेलुँ कि, तिम्रो बातैमा भुलुँ कि !
तिम्रो मुस्कानसँगै झुमु कि, तिम्रो रुपैको बाढीसँगै बगुँ कि म !!
प्रेमले भरिएका यी शब्द भर्दै प्रेम गर्नेहरुका लागि नयाँ म्युजिक भिडियो बजारमा आएको हो।

गायक गिरीको आवाजमा रहेको म्युजिक भिडियो ‘तिम्रो रुपैको’ युटुबमा सार्वजनिक गरिएको ३ दिनमै २० हजार जनाले हेरिसकेका छन् ।   युटुबमा चर्चित मोडल नयन डीसी र मनिषा श्रेष्ठको दमदार अभिनयलाई धेरैले रुचाएका छन् ।

ललितपुरका विभिन्न स्थानमा सुटिङ गरिएको भिडियोमा प्रेमभावले ओतप्रोत दृश्य खिचिएका छन् । आकर्षक गेटअप र ड्रेसअपमा सजिएका मनिषा र नयनको प्रेमभावले गीतलाई उचित सम्मान दिएको छ । करिब तीन दर्जन बढी गीतमा अभिनय गरिसकेका मोडल तथा एरोविक डान्सका प्रशिक्षक नयनको यो भिडियो निकै पृथक रहेको पाइन्छ ।

Bhansar Bivag
Argakhachi Cement