काठमाडौं । नेपाल परिवार दलको केन्द्रीय कार्य समितिको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कि माथि व्यवस्थापिका संसदमा पेश भएको महाअभियोगको प्रस्ताववारे सबै राजनैतिक दलसँग छलफल गरि समान धारणा बनाउनु पर्ने ठहर गरेको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा केन्द्रीय कार्यालय पुरानो बानेश्वरमा बसेको बैठकले महाअभियोगको बिषयमा जनमत र सत्यतथ्यको आधारमा उपयुक्त निर्णय लिन दलका अध्यक्ष एकनाथ ढकाललाइ अधिकार दियको छ । बैठकले जुनसुकै परिस्थितिमा पनि भ्रष्टाचार विरुद्धको अभियानमा विचलित नभई डटेर अघि बढ्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ । परिवार दलले संविधानमा आवश्यक संशोधन गरी समयमै चुनावको बातावरण बनाउन, भूकम्प पिडितलाई राहत र आवासको व्यवस्था गर्न र कर्णालीका विभिन्न स्थानहरुमा भोकमरि परेकोमा यथासिघ्र खाद्यान्नको व्यवस्था गर्न सरकार सँग आग्रह गरेको छ । सात वटै प्रदेश र मातहतका स्थानीय निकायहरुमा प्रशिक्षण, सदस्यता वितरण र संगठन बिस्तारमा केन्द्र देखि स्थानीय तह सम्मका सबै नेता तथा कार्यकर्ता सकृय रुपमा लागि पर्ने निर्णय गरेको दलका मुख्य सचिब गोबिन्द मिश्रले बताय। निकट विचार, नीति तथा कार्यक्रम भयका दलहरुसंग छलफल र पार्टी एकिकरणको लागि एक बार्ता टोलि निर्माण गरि अघि बढाउने निर्णय भयको व्यहोरा सांसद तथा केन्द्रिय सदस्य मिलन कुमारी राजबंशीले जानकारी दिनु भयो ।