महाशिबरात्रीको तथा सेना दिवसको अबसरमा परिवार दलको शुभकामना

प्रकासित मिति: २० फाल्गुन २०७५, सोमबार ०६:३९

काठमाण्डौ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले महाशिवरात्रीका अवसरमा आम नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् । हिन्दु धर्मावलम्बीको पवित्र पर्व महाशिवरात्री २०७५ का समस्त हिन्दू धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
सन्देशमा अध्यक्ष ढकालले महाशिवरात्रि हिन्दुहरूको प्रमुख चाड हो र नेपाल हिन्दु धर्मलाम्बिहरुको बाहुल्यता भएको बहु(साँस्कृत देश हो । भगवान शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा उल्लेख गरेको पाहिन्छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ ढकालको सन्देशमा भनिएको छ ।
अध्यात्मिक चिन्तन, धर्म प्रतिको आस्था र पालन ले एक सभ्य र सु(संस्कृत समाज निर्माण हुन सक्छ । यस महान पर्वको अबसरमा नेपाल परिवार दल सबैको सुख, शान्ति र संमृद्धिको कामना गर्दै राष्ट्रिय एकता, मेलमिलाप र सामाजिक सदभाब बलियो हुदै जाओस भन्ने शुभकामना ब्यक्त गर्दछ। महाशिवरात्रि आफ्नो आत्मालाई पुनीत बनाउने महाव्रत पनि भयकोले शान्ति र अहिंसाको उद्गम पर्वको रुपमा पनि मनाउन सकिन्छ । शिब र पार्वती एक असल परिवार र दाम्पत्य जिबनको अनुकरनिय जोडी पनि हुनु भयकोले यस पर्बले हाम्रा पारिबारिक मुल्यमान्यताको पनि जगेर्ना गर्न मद्दत मिल्दछ। ईशान संहितामा महाशिवरात्रिको महत्वको उल्लेख यसरी गरिएको छ शिवरात्रि व्रतं नाम सर्वपापं प्रणाशनम्। आचाण्डाल मनुष्याणां भुक्तिमुक्तिप्रदायकम ढकालले सन्देशमा शिबरात्रीको महिमा को बारेमा समेत उल्लेख गरेका छन् । यसैबीच ढकालले सेना दिवस–२०७५ को अवसरमा प्रधानसेनापतिसहित नेपाली सेनाको सकल दर्जामा हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।

Bhansar Bivag
Argakhachi Cement