काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले एकसय नवौँ अन्तर्रा्ष्ट्रिय महिला दिवसमा सबैखाले लङ्गिक विभेद र असमानतालाई तोड्दै श्रमिक महिलाका हक अधिकारको प्रत्याभूति गराउन सबैलाई श्रमिक महिला दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गदै महिला दिवसले समस्त नेपाली महिला दिदीबहिनीबीच आपसी सद्भाव र एकता कायम गर्नुका साथै लैङ्गिक समानता, महिला सशक्तीकरण र महिलाको हक अधिकारप्राप्तिको अभियानमा एकढिक्का भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् शुभकामना सन्देशमा उल्ल्लेख छ ।