महिलाहरुद्धारा संञ्चालित सहकारीको तेह्रो वार्षिक साधारण सभा सम्पन्न

प्रकासित मिति: ३२ श्रावण २०७४, बुधबार १४:४७

साउन ३२ काठमाण्डौं । एउटा भरपर्दो, स्थापना काल देखीनै आफ्ना सदस्यहरुको आर्थिक विकासको लागि तल्लिन राम मन्दिर नारी चेतना सीपमूलक सहकारी संस्था लिमिटेडले आफ्नो १३औं वार्षिक साधारण सभा भव्यताको साथ सम्पन्न गरेको छ ।
सहकारी संस्थाकी अध्यक्ष उषा अधिकारीको सभापतित्व तथा बुढानिलकण्ठ नगरपालिकाको मेयर उद्धव खरेलको प्रमुख आतिथ्यमा सम्पन्न बार्षिक साधारण सभामा बुढानिलकण्ठ नगरपालिका बडां नं १०का अध्यक्ष नवराज भट्टराई, ११वडाका अध्यक्ष राजु अधिकारी , रिलायन्स कलेजका प्रिन्सीपल खेम भूसाल नेपाल पत्रकार महासंघ काठमाण्डौका सदस्य बिष्णु निश्चल ,समाजसेवी मिठाराम अधिकारी लगायतको सहभागिता रहेको थियो ।
शेयर सदस्यहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमा बोल्दै बुढानिलकण्ठ नगरपालिकाको मेयर उद्धव खरेलले सहकारीलाई चुस्त दुरुस्त राख्न र प्रगति गर्नलाई शेयर सदस्यहरुको प्रमुख भूमिका हुने भएकोले सचेत रहन अनुरोध गदै अव सहकारीले सिपमूलक कार्यलाई पनि अगाढि बढाउनु आग्रह गरे । उनले सहकारीले थोरै समयमा गरेको आर्थिक विकासको प्रशंसा गर्दै उन्नती र प्रगतिको लागि शुभकामना दिदै बुढानिलकष्ठ नगरपालिकाले सहकारीलाई सिपमूलक परियोजना संञ्चालन गर्न सहयोग गर्ने बताए ।

समाजसेवी मिठाराम अधिकारीले सहकारीले संस्थागत विकासमा जोड दिनु पर्ने विचार व्यक्त गर्नु हुदै संस्था व्यक्तिगत आधारमा नभई नीतिगत आधारमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले सहकारीले महिलालाई समाज बिकासमा लाग्न प्रोत्साहन गरेको पनि बताए । स्थानिय महिला दिदीबहिनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य बोकी उक्त सहकारी संस्था २०६१ सालमा स्थापना भएको थियो । नाम जस्तै काम गरेर सबैको रोजाइमा रहन सफल सहकारीको पुजी ६ करोड ७० लाख छ भने ११३४ जना सदस्यहरु रहेका छन् ।
सहकारीका सचिव चन्द्रावी बानिया अधिकारीले बार्षिक प्रगति प्रतिवेदनका साथै चालु आर्थिक बर्ष २०७४÷०७५ को लागि बार्षिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । त्यसै गरी संस्थाका कोषाध्यक्ष मिना बिष्ट अधिकारीले आ.ब. २०७३÷०७४ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । लेखासमितिको प्रतिवेदन, वि.स. २०७३÷२०७४ को लेखा परिक्षकको प्रतिवेदन, २०७३÷२०७४ को लाभांस घोषणा, आदी हलमा उपस्थित शेयर सदस्यहरुको तालिको गडगडाहटले पारित गरेको थियो ।
सहकारीको एक मात्र आधार, मेरो मात्र होइन हामी सबैको उपकार भन्दै कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान मेनु केसी नियमित बचत कर्ता समान ठूली लामा तथा ठुलीकान्छी अधिकारी , उच्च शेयर मैया केसी, कान्छी तामाङ्ग , असल ऋणि भावना केसी,पुजा बस्नेतलाई नगर प्रमुख खरेलले सम्मान गरेका थिए । यस्तै २०७३÷०७४को एस.ई.ई.मा उत्तीण बाल सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।
गा्रमिण क्षेत्रमा छरिएररहेको पुजीलाई एकत्रित गरी सदस्यहरुलाई आफ्नो फजुल खर्चको कटौती गरी बचत गर्ने बानि बसालेको छ । सहकारीले निकट भबिश्यमा सदस्यहरुको लागि सुत्केरी भत्ता , बिरामी परेको बेला आर्थिक सहायता लगायतको कार्यक्रम समेत साधारण सभामा अध्यक्ष उषा अधिकारीले गरेकी थिईन् । साधारण सभामा संस्थाका सदस्यहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

Bhansar Bivag
Argakhachi Cement