महिला सहकारीकर्मीले गरे बाम प्रगतीशिल गठबन्धनको समर्थन

प्रकासित मिति: ७ मंसिर २०७४, बिहीबार १२:३४

७ मंसिर, काठमाडौं । महिला सहकारीकर्मीहरुले वाम प्रगतिशील गठबन्धनलाई समर्थन गर्दै नेपाल परिवार दलमा आबद्ध भएका छन् । बिहिबार दलका अध्यक्ष तथा गठबन्धनका नेता एकनाथ ढकालको उपस्थितिमा काठमाडौँमा सम्पन्न भेलामा ममिता पुनको नेतृत्वमा भेला भएका महिला सहकारीकर्मीहरुले एक्यबद्धता जनाएका हुन् । राष्ट्रिय सहकारी नीति परिवार दलको अध्यक्ष एकनाथ ढकाल सहकारी तथा गरिबी निवारण मन्त्रि हुदा पारित गरिएको र वाम गठबन्धनको सहकारी नीति सहि भएकोले एक्यबद्धता जारि गरिएको अति उत्तम सहकारी सस्थाकी अध्यक्ष ममिता पुनले बताईन । भेलामा प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका पूर्वमन्त्रि ढकालले सहकारीलाई उत्पादनको विकास र रोजगारीको सृजना संग जोडेर गरिबी निवारण गर्न सकिने बताए । वाम प्रगतिशील गठबन्धनले सहकारीको बिकासमा महिला सहभागितालाइ उच्च प्राथमिकतामा राखेको उल्लेख गरे उनले निर्बाचन पश्चात बन्ने नयाँ सरकारले सहकारी क्षेत्रको विकृतिहरुको पनि अन्त्य गर्ने बताए ।

Bhansar Bivag
Argakhachi Cement