चार दिनदेखि जारी प्रदर्शनले हिंसात्मक रुप लिएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको छ ।बलात्कारपछि बालिका हत्याका दोषी पत्ता लगाउन माग गर्दै भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्र तथा जिल्लाका अन्य भागमा थालिएको प्रदर्शन झन् चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनिश्चितकालिन कर्फ्यू जारी गरेको हो ।बिहीबार दिउँसो भीमदत्त नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालय नजिकै प्रदर्शनकारी र प्रहरीबीच रक्तपातपूर्ण झडप भएको होे । यो झडपका क्रममा प्रहरीको गोली लागेर ८ देखि १० प्रदर्शनकारी घाइते भएका थिए ।
प्रहरीतर्फ अश्रुग्यासका सेल सकिएपछि अवस्थालाई नियन्त्रण बाहिर जान नदिन गोली चलाउनुपरेको प्रहरी अधिकृतहरुको भनाइ छ ।
गोलीबाट प्रदर्शनकारी घाइते भएपछि अझै अवस्था भड्किने सम्भावना देखेपछि स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको हो ।