सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज भएको छ । उनीविरुद्ध स्वतन्त्र उमेदवार गणेशकुमार सिंहले जिल्लामा र अनिलकुमार सिंहले निर्वाचन आयोगमा कात्तिक १९ गते उजुरी दिएका थिए । आयोगले आफ्नो उजुरी सुनुवाइ नगरेको भन्दै उनीहरु सर्वोच्च अदालत पुगे ।
सर्वोच्चले यो मुद्दामा कारण देखाउ आदेश जारी गर्दै आयोगसँग लिखित जवाफ माग्यो ।
सर्वोच्चलाई जवाफ पठाउनुअघि नै आयोगले शनिबार शिवपुजनको उम्मेदवारी खारेज गरेको छ ।
सर्लाहीका निर्वाचन अधिकृत दिवाकर भुजेलले भने, ‘उहाँको उम्मेदवारी खारेज भएको छ । अब यो क्षेेत्रमा वाम गठबन्धनको उम्मेदवार नै नहुने भयो ।’