माघे सङ्क्रान्तिको अवसरमा परिवार दलको शुभकामना

प्रकासित मिति: ३० पुष २०७५, सोमबार १६:३४

काठमाण्डौ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले माघे सङ्क्रान्ति ,मकर सङ्क्रान्ति, तथा माघी पर्व, २०७५ को अवसरमा शुभकामना दिएका छन् । उनले शुभकामनामा यस्ता चाँडपर्वहरुले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश भएको भन्दै अध्यक्ष ढालले जातीय तथा धार्मिक सांस्कृतिक विविधताले सम्पन्न मुलुकमा यस मकर सङ्क्रान्ति तथा माघी पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वका रुपमा हर्षाल्लास पूर्वक धूमधामले मनाउने बताए ।
तरुल लगायतका कन्दमुल तथा घिउ, चाकु, तीलको लड्डु र खिचडी लगायतका परिकार खाई मनोरञ्जन पूर्वक खुसी साटासाट गरी मनाइले यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पु¥याउने ढकालको बिश्वास छ ।

Bhansar Bivag
Argakhachi Cement