मालिकको यातनाबाट मृत्युको मुखमा पुगेकी नेपाली चेलीको उद्दार

प्रकासित मिति: ११ पुष २०७४, मंगलवार ०७:२२

धरान । ३ वर्ष अघि बैदेशिक रोजगारीका शिलशिलामा इराक पुगेकी गोगने–७, भोजपुरकी ३४ वर्षीया शान्ता राई घर मालिकको यातनाबाट मुत्युको मुखमा पुगे पनि उनको उद्दार गरिएको छ । हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या देखा परेकोले सहयोगको याचना गरिएको छ 
बैदेशिक रोजगारीका लागि इराक पु¥याउने दलाल स्याङजाका राम भनिने बलबहादुर थापा मगर र उनकी श्रीमति शशी घले फरार छन् । इराकबाट दुवै खुट्टा भाँचिएको र मेरुदण्डमा समेत समस्या आउने गरी घरमालिक इराकको अर्बिला स्थित हउलियरका सुरज भनिने व्यक्तिले शान्तलाई मार्ने उद्देश्यले चरम यातना दिएको खुलासा भएको छ । धरानमा रहेकी शान्ताकी बहिनी ममताले पुष ८ गतेमात्रै दिदीलाई बिराटनगर विमानस्थलबाट धरान ल्याएर उपचारमा लागेकी छन् । सामान्य व्यापार गरेर जीविको पार्जन गर्दै आएकी ममताले धन कमाउन विदेश गएकी दिदी ह्वील चियरमा देखेपछि आफुले सोच्दै नसोचेको आपत आइलागेकाले यस घडि दिदीको उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गरेकी छन् ।
प्रतिष्ठानको इर्मेजेन्सी कक्षमा उपचार भइरहेकी शान्ताकी एक छोरी क्षमासँग बस्दै आएकी छन् । शान्ताका श्रीमानले छाडेपछि छोरीको भविष्यका लागि आफू बाध्य भएर बैदेशिक रोजगारीमा इराक पुगेको बताईन् । उनले विदेशमा महिला कामदार असुरक्षित भएको भन्दै आफु मालिकको पटकपटकको शारीरिक, मानसिक सबैखाले यातना सहँदै आए पनि नेपाल फर्कन्छु वा अर्को ठाउँमा काम गर्न जान्छु भन्दा घरमालिकले कुटपिट गरी अंगभंग बनाई दिएको बताइन् । उनले आइफोनले टाउँकोमा हानेको समेत थाह भएको तर त्यसपछि करिब दुईहप्ता पछि आइसियु उपचार कक्षमा होस् खुलेको बताईन् । घटनाका विषयमा नजिकै रहेका अन्यले थाह पाएपछि प्रहरीलाई खबर गरेकाले उपचार भएको नत्र उहि मर्नुपर्ने अवस्था भएको उनले बताईन् । विदेशमा रहेका नेपालीहरुको सहयोगमा धरानसम्म आएकोमा सबैलाई धन्यवाद दिँदै अब उपचारमा पनि सहयोग पाएँ बाच्ने आशा पलाएको बताइन् ।
उपचारमा सम्लग्न चिकित्सकका अनुसार दुवै खुट्टामा स्टिल लगाइएको र मेरुदण्डमा समेत चोटपटक देखिएकाले थप उपचारको आवश्यक रहेको बताए । हाडजोर्नी विभागका प्रमुख चिकित्सक डा. गुरुराज खनालको नेतृत्वमा उपचार भइरहेको छ । तर, उपचारका लागि पर्याप्त रकम नहुँदा बिरामी र उनका आफन्त चिन्तित भएका छन् ।

Bhansar Bivag
Argakhachi Cement