मुगुका ६० वटै मतदान केन्द्रमा मतदान सामाग्री र कर्मचारी सुरक्षित पुगे

प्रकासित मिति: ८ मंसिर २०७४, शुक्रबार १२:५१

मुगु गमगढी मुगुमा मसिर १० मा हुने पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावका लागी जिल्लाका ६० वटै मतदान केन्द्र मा मतदान सामाग्री र कर्मचारी सुरक्षितसाथ पुगेका छन । जिल्लामा रहेका ६० वटै मतदान केन्द्रमा मतदान सामाग्री र कर्मचारी पुगिसकेको तथा सबै केन्द्र सुरक्षित रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मसिर १० गते हुन लागेको प्रतिनीधी सभा र प्रदेश सभाको निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न उच्च सुरक्षा सर्तकता अपनाईएको कार्यालयले जनाएको छ । भौगिलक विकटताले केही मतदान केन्द्रमा पुग्न समय लाग्ने देखिए पछि निर्वाचनमा खटिएको जनशक्तिलाई मंसिर पाँच गते नै परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी राजीमान बुढाले जानकारी दिनुभयो । सबै मतदान केन्द्रमा कर्मचारी र मतदान सामाग्री सुरक्षित रुपमा पुगेका तथा मतदाता परिचय पत्र वितरण गर्ने कार्य समेत चलिरहेको उहाँकोे भनाई छ । सदरमुकाम गमगढी आसपासमा रहेका पाँच वटा मतदान केन्द्रका मतदान सामाग्री भने कार्यालयमा नै रहेका छन ।

Bhansar Bivag
Argakhachi Cement