मुगुको विकट थाम्लेख स्कुल भवन हस्तान्तरण

प्रकासित मिति: २९ पुष २०७५, आईतवार १६:३१

मुगु । युनीर्भसल पीस फेडेरेसन नेपालका महासचिव बिनोद डाँगीले शैक्षिक क्षेत्रलाई राजनैतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने बताएका छन् । मुगुको खत्याड गाउपालिकाको बडा नं ७ थाम्लेखमा स्कुलको भवनको उदघाटन गदै यस्तो बताएको हुन् । सो अवसरमा हजारौ मुगाली जनताले बिद्यालय भवन निर्माण गरेकोमा संस्थाप्रति आभार ब्यक्त गरेका थिए ।
महासचिव डाँगीले विद्यालयमा राजनीति हाबी हँुदा शैक्षिक गुणस्तर खस्केको टिप्पणी गरे । शैक्षिक क्षेत्रलाई शान्ति क्षेत्रका रूपमा मान्यता प्रदान गर्नुपर्नेमा उनले जोड दिए । डाँगीले शैक्षिक संस्थाहरूले सफलता हासिल गर्न कुशल नेतृत्व, गुणस्तरीय शिक्षा, उचित साधन–श्रोत र सरोकारवालाबिचको सहकार्य आवस्यक पर्ने बताउँदै विद्यार्थीमैत्री वातावरणमा अध्यापन गराउनुपर्नेमा उनको जोड थियो । विद्यालय सार्वजनिक सम्पत्ति भएकाले यसको जगेर्ना र विकासमा सबैको योगदान हुनुपर्ने बताउँदै डाँगीले व्यवस्थापन समितिको काम पारदर्शी र अभिभावकीय हुनुपर्ने सुझाए । साथै अध्यापनको शैलीमा पनि परिवर्तन ल्याई सहभागितामूलक, खोज र अनुसन्धानमुलक शिक्षामा जोड दिनुपर्ने बताए ।
म्हासचिव डाँगीले शैक्षिक थलोले दक्ष जन र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सके मात्र बजारमा बिक्ने र शैक्षिक बेरोजगार हट्ने उल्लेख गरे । बल्र्ड काप नेपालका अध्यक्ष रुपसिह भण्डारीले सामुदायिक र सार्वजनिक विद्यालयको पुर्वाधार निर्माण र शैक्षिक स्तरको विकास अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताए । शैक्षिक क्षेत्र पवित्र स्थल रहेको तर्क गर्दै उहाले पबित्र भावनाका साथ बिद्यालय भबन निर्माण गरेको बताए । नेपाल परिवार दलका केन्द्रीय सदस्य मोहन बिकको पहलमा निर्माण सम्पन्न भएको बिद्यालय भवन निर्माण गर्न युपीएफ नेपालको २० लाख रुपैयाँ लागेको थियो ।

Bhansar Bivag
Argakhachi Cement