Flash News समाचार 

मेडिकल सोसाईटीले ग¥यो निःशुल्क स्वास्थ्य परिक्षण

स्वास्थ्य उपचार सँगै न्यानो कपडा,पौष्टिक आहार बितरण

काठमाडौं । द्वन्द्वपीडित तथा अपाङ्ग समाज साँखुमा आश्रय लिइरहेका४० जना भन्दाबढी बहुअपाङ्गता भएकाहरुलाई युनाइटेड नेश्नल मेडिकल सोसाइटी अफ नेपालले सहयोग गरेको छ । यही माघ १३ गते शनिबार युनाइटेड नेश्नल मेडिकल सोसाइटी अफ नेपालका संस्थापक अध्यक्ष डा.चन्दन रमनको नेतृत्वमा ५जना चिकित्सक, १० जना नर्स तथा ३ जना फिजियोथेरापिष्ट सहित संस्थाकै कार्यलयमा पुगरे निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । संस्थामा १२ बर्षका महिला, बालबालिका देखि ७८ बर्षका बृद्धले समेत आश्रय सबैको स्वास्थ्य परिक्षण गरिएको थियो । सोसाईटीसँग आवद्ध चिकित्सकहरुले स्वास्थ्य उपचारसँगै न्यानो कपडा,पौष्टिक आहार बितरण गरेका अध्यक्ष डा.चन्दन रमनले जानकारी दिए ।
डा.रमनका अनुसार संस्थामा उचित खानेपानीको ब्यबस्थापन नहुदाँ बिभिन्न किसीमका समस्याहरु देखिएको बताए । बच्चाहरुमा कुपोषणको समस्या समेत देखिन थालको छ भने अधिकाँसमा मानसीक समस्या देखिएको डा.रमनले बताए । उनका अनुसार संस्था आश्रय लिईरहेका सबैको शारिरिक अवस्था कमजोर रहेकाले पनि बिभिन्न प्रकारका रोगहरुले संक्रमण गर्ने सम्भावना बढी देखिएको छ । डा. रमनले अगामी दिनमा थप चिकित्सक लिएर आएर संस्थामा आश्रय लिएर बसेकाहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने बताए ।
सडकमा अलपत्र परेका,अनाथ, असाहय तथा बहुअपाङ्गता भएका ब्यक्तिहरुलाई संस्थाले संरक्षण दिदै आएको संस्थाका अध्यक्ष युवाराज थापाले जानकारी दिए । थापाका अनुसार समाजले हेला गरेका ब्यक्तिहरुलाई संरक्षण दिईरहको बताए । थापा आफै पनि शारिरिक अपाङ्ग हुन् । यहाँ आश्रय लिईरहेका ब्यक्तिहरुलाई दैनिक खानपान देखि आवश्यक पर्ने गाँस बासको समेत ब्यबस्था गर्न संस्थालाई धौ–धौ परेको छ । यस्तो अवस्थामा मेडिकल सोसाईटीले आएर हेल्थ चेकअप गुर्नका संस्थाको कार्यालय साँखुमा पुगेर न्यानो कपडा केही औषधी तथा स्वास्थ्य सम्बन्धी जानकारी दिएकोमा अध्यक्ष थापाले आभार ब्यक्त गरे ।
‘राष्ट्र विकासका लागि हरेक नेपाली जनतामा स्वास्थ्यको सुनिश्चितता’ भन्ने नाराका साथ स्थापना भएको यस संस्था यस अधि स्वयम्भुमा रहेको इल्डर होममा पनि निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि बितरण गरेको थियो । संस्थामा आबद्ध सदस्य तथा स्वयंसेवकबाट विभिन्न ठाँउबाट कपडा तथा पौष्टिक आहार संकलन गरी वितरण गरिएको संस्थाले जनाएको छ । २०७४ सालमा स्थापना भएको युनाइटेड नेश्नल मेडिकल सोसाइटी अफ नेपालले आफ्ना सामाजिक गतिबिधिहरुलाई तिब्रता दिने जनाएको छ ।

Related posts

Leave a Comment