मेड्रिडको दक्षिण एशियाली मुलुकमा काठमाडौं पहिलो भगिनी सम्बन्ध भएको सहर

प्रकासित मिति: १६ फाल्गुन २०७४, बुधबार १४:४२

काठमाडौं । महानगरले स्थापना गरेको अन्तरराष्ट्रिय भगिनी सम्बन्धको लाभ समुदायमा पुरयाइने बताउँदै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले साझा हितका मामिलाहरुमा हुने आपसी ज्ञान, सीप र क्षमता आदान प्रदान यस कामका आधार भएको धारणा राख्नुभएको छ । स्पेन अधिराज्यको मेड्रिक सिटी काउन्सिल र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको काठमाडौं महानगरपालिकाकावीच फागुन १५ गते सम्पन्न भगिनी सम्बन्ध स्थापना सहमति पत्रमा हस्ताक्षरपछि वुधबार आयोजना गरिएको संयुक्त पत्रकार भेटघाटमा बोल्दै मेयर शाक्यले यस्तो धारणा राख्नुभएको हो ।

अन्तरराष्ट्रिय सहरहरुसँगको सम्बन्धबाट आगामी दिनमा आवश्यकताका आधारमा खेलकुद तथा पर्यटन प्रवर्धन, नदी प्रदुषण नियन्त्रण, सूचना तथा सञ्चार प्रविधि एवं भौतिक पूर्वाधारको विकास, क्षमता विकास, सामाजिक–सांस्कृतिक, सम्पदाको संरक्षण, प्रविधि तथा ज्ञानको आदान प्रदान लगायत क्षेत्रमा सहकार्य हुने प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । यससँगै आर्थिक सामाजिक सहयोगको आदान प्रदान र दुई पक्षीय हित अभिवृद्घिमा भगिनी सम्बन्ध उपयोग हुने मेयर शाक्यको विश्वाश छ ।
दुई नगरवीचको सम्बन्धबाट आपसी हित, आर्थिक, सामाजिक, लैङ्गिक तथा सांस्कृतिक क्षेत्रमा सहयोग आदान प्रदान हुने भएपछि यसको प्रत्यक्ष लाभ समुदायमा पर्छ, हामी काठमाडौंको समृद्धिकालागि एक साथ अघि बढ्न तयार छौं, पत्रकार भेटघाटमा मेड्रिड नगरका उपप्रमुख लुइृस क्युटोले धारणा राख्नुभयो । शिक्षा, कला र संस्कृति, खेलकुद र पर्यटन, व्यापार प्रवर्धनको आदान प्रदानमा काठमाडौंसँग काम गर्न पाउने भएपछि हामी खुशी भएका छौं, उपमेयर क्युटोको भनाइ थियो ।
मेड्रिड सहरसँग दैनिक ३ हजार मेट्रिक टन फोहोर प्रशोधन एवं पुन प्रयोग क्षमता छ । यो सिकाइ हामी काठमाडौंको विकासमा बाँड्न सक्छौं, उपमेयर क्युटोको भनाइ थियो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले दुई नगरवीचको सीमाविहिन सम्बन्ध स्थापना भएको प्रतिक्रिया दिनुभयो ।

भगिनी सम्बन्ध स्थापनाका लागि आएको उपप्रमुख क्युटो नेतृत्वको १५ सदस्यीय टोली भोलि १७ गते स्वदेश फर्कदैछ । नेपाल रहँदा भ्रमण टोलीले काठमाडौंका बसन्तपुरलगायत सांस्कृतिक एवं पर्यटकीय स्थलसँगै लुम्बिनीको भ्रमण ग¥यो । त्यस्तै माउन्टेल फ्लाइटबाट हिम सृङ्खलाहरुको अवलोकन गरेको थियो । यस क्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्य पनि साथमै हुनुहुन्थ्यो ।

स्पेनको केन्द्रीय राजधानी मेड्रिड सहर युरोपियन सहरहरुमध्ये जनसंख्याको हिसावले तेश्रो ठूलो सहर हो । यस नगरको क्षेत्रफल ६०४।३ यस सहरमा करीव ३१ लाख ४१ हजार ९९१ मानिस बस्छन् । यो सहर आधुनिक संरचना, संग्रहालय र सेवा केन्द्रहरुका रुपमा प्रसिद्ध छ ।

अंग्रेजी महिना गएको सेप्टेम्बरमा कामठाडौं महानगरका प्रमुखको म्याड्रिड सहरमा भएको औपचारिक भ्रमणपछि दुई नगरवीच भगिनी सम्बन्ध स्थापना हुने निर्णय भएको थियो ।

मेड्रिड काठमाडौंको १५ औं भगिनी सम्बन्ध भएको सहर हो । राजधानी सहरतर्फको सम्बन्धमा भने यो दोश्रो सहर बनेको छ । यसअघि काठमाडौंले कोरियाको राजधानी सोलसँग पहिलो राजधानी सहरका रुपमा भगिनी सम्बन्ध स्थापना गरिसकेको छ ।

Bhansar Bivag
Argakhachi Cement