मनोरंजन 

मोडलिङ,अभिनय अनि समाजसेवाको त्रिवेणीमा मस्त श्रीनेहा पोखरेल

बि.सं. २०५० साल असार ७ गते यस धर्तीमा आँखा खोलेर अहिले तेईसौं बसन्तमा पाईला चाल्दै गर्नु भएकी प्रखर मोडल,सकृय समाजसेवी र अब्बल अभिनेत्री श्रीनेहा पोखरेलले सानै उमेरमा नै पिता पाण्डवराज पोखरेलको वात्सल्यबाट वन्चीत हुनु भयो । समाजसेवी आमा सावित्री पोखरेलले हुर्काइ रहनु भएकी अनाथ बालबालिकाहरु सँगै श्रीनेहाको पनि पालन पोषण भयो । फलस्वरुप बाल्यकालदेखि नै उहाँ सडक बालबालिका लगायत असहायहरुको सेवा र पुनरउत्थान मै रमाउन थाल्नु भयो । औपचारिक शिक्षा तर्फ समाज शास्त्र र पत्रकारितामा स्नातक सम्म अध्ययन गर्नु भएकी श्रीनेहाले जेम्स स्कूलमा सात बर्ष सम्म नृत्य प्रशिक्षण गर्नुका साथै मोडलिङ प्रतियोगिताहरु,नृत्य अभिनय र समाजसेवाको तिन वटै बिधामा आफुलाई बब्बल दर्जाको प्रतिभा साबित गराई सक्नु भएकी छ । आमा सँगै बाल्यकालदेखि नै समाजसेवामा रमाउदै आउनु भएकी श्रीनेहाले बि.सं. २०६९ सालमा ललितपुर सातदोबाटो स्थित नवराज सिलवालको सामाजिक सँस्था सोसिएल वक्र्स ईन्ष्टिच्युट मा बालबालिका सम्बन्धि ६ महिने तालिम लिने क्रममा सडक नाटक तथा साँस्कृतिक कार्यक्रम गर्दा आफु मोडलिङ र अभिनय तर्फ सकृय हुन पुगेको बताउनु हुन्छ । त्यसो त उहाँ सानै उमेर देखि नै बिद्यालयमा हुने साँस्कृतिक कार्यक्रमहरुमा नृत्य तथा अभिनय गरेको स्मरण सुनाउन पनि पछि पर्नु हुन्न । झण्डै ५ बर्ष अघि आयोजित मिष्टर एण्ड मिस राजधानी प्रतियोगितामा मिस ट्यालेन्ट,मिस पब्लिक च्वाईस,मिस पर्सनालिटी र मिस पपुलर गरि चार बिधामा उपाधी हासिल गर्नु भएकी श्रीनेहाले बि.सं. २०७०मा आयोजित ई कलेज प्रतियोगितामा फस्र्ट रनरअप र मिस पर्सनालिटी यसै गरि पर्यटन बोर्डमा आयोजित प्रतियोगितामा मिस तीज र फस्र्ट रनरअप जस्ता उपाधीहरु हसिल गरेर आफु एउटी बहु प्रतिभाशाली ब्यक्तित्व भएको प्रमाणीत गराई सक्नु भएकी छ । समाजसेवा र कलाकारितामा एकै साथ ब्यस्त श्रीनेहाको अभिनय र घनश्याम श्रेष्ठको परिकल्पना अनी निर्देशनमा यहि माघ ७ गते देखि २९ गते सम्म थिएटर मल सुन्धारामा नाटक बेड नम्बर ९९ दैनिक मञ्चन भईरहेको बताउदै उहाँ भन्नुहुन्छ “ यस नाटकबाट उठेको रकम मैले सञ्चालन गरेको सँस्था नेपाल स्नेही काखमा रहनु भएका आश्रीतहरुको उपचार आदिमा खर्च गरिनेछ । ” बाल्यकालदेखि नै आमा सँग असहायहरुको सेवामा तल्लीन श्रीनेहाले बि.सं. २०६७ असार २१ गते जिल्ला प्रशासन कार्यालय ललितपुरमा नेपाल स्नेही काख नामक सामाजिक सँस्था दर्ता गराएर कुसुन्ती हाईटमा सञ्चालन गरि रहनु भएकी छ । उहाँ द्धारा सञ्चालित यस सँस्थाबाट दर्जनौ मानसिक सन्तुलन गुमाएका,बिक्षिप्त महिला तथा पुरुषहरुले नयाँ जीवन पाउनुका साथै हाल सँस्थामा ७ जना महिला र २ जना पुरुष समेत ९ जनाको उपचार आदि भई रहेको छ । २३ वर्षको कलिलो उमेरमा नै यि र यस्तै कार्यहरुमा सकृय श्रीनेहाले समाजसेवाकोलागि आरम्भमा आफैले काम गरेर कमाएको पैसा र आमाले दिनु भएको पकेट मनीबाट शुरु गरेको बताउनु हुन्छ । हाल आएर श्रीनेहाको सामाजिक कृयाकलापबाट प्रभावित भएर केही सहयोगी हातहरुले हास्टेमा हैंसे गर्न खोजे पनि त्यतिले पर्याप्त नभएको उहाँको अनुभव छ । यसरी सहयोग गर्नेहरु तर्फ पकनाजोल निवासी मनिषा थपाले आफ्ना आमाको साथ लिएर प्रति महिना तिन हजार रुपैयाँ सहयोग गर्नुकासाथै एनसेलमा कार्यरत आशिष नेपालको समुहले ब्यक्तिगत तवरले चार बोरा चमल र अन्य सामाग्रीहरु सँस्थालाई उपलब्ध गराएकोमा श्रीनेहा आभार ब्यक्त गर्नु हुन्छ । अधिकाँश कलाकार तथा मोडलहरु मञ्चमा बोल्दा समाजसेवालाई नै आधार बनाएर बोलेकै भरमा बिभिन्न उपाधी र ताज पाएको लगत्तै चुरोट,बियर बार अनी सेक्स स्काण्डलमा रमाई रहेको यथार्थलाई ठाडो चुनौती दिदै श्रीनेहा पोखरेल मोडलिड, अभिनय र समाजसेवालाई फगत मुखले बोलेर मात्र भन्दा पनि प्रत्यक्ष आफ्नै कामले प्रमाणीत गरि रहनु भएकी छ । श्रीनेहा जस्तो बिलक्षण प्रतिभाले सही मार्गदर्शन र सवैको साथ पाउदै जानु भयो भने एक दिन फेरी एउटी नेपाली चेली अन्तर्राष्टिय स्तरमा सि.एन.एन.हिरो वा यस्तै अरु कुनै उपाधीबाट सम्मानीत भएर नेपाल र नेपालीको शिर ठाडो पार्ने कुरामा शँका गर्ने ठाँउ छैन ।

Related posts

Leave a Comment