दिपेन्द्र पौडेल, पोखरा
प्राकृतिक सुन्दरता तथा साँस्कृतिक हिसाबले अग्रणी हाम्रो देश नेपाल विश्वभरमा पर्यटकहरुका लागि एउटा रमणीय पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । बाह्य तथा आन्तरिक पर्यटकहरुको लहर बढ्दोक्रम सँगै बर्षेनी रिसोर्ट तथा होटल, रेष्टुरेन्टहरुमा खोल्नेको÷लगानी गर्नेको संख्या पनि बढ्दो छ । बर्षेनी रिर्सोटहरु खोल्ने क्रममा हाम्रा पुराना कला, संस्कृति तथा संस्कारलाई मध्यनजर गरेर पर्यटकहरुलाई आकर्षण गर्ने खालको नयाँ तथा छुट्टै डिजाईनका साथ विभिन्न विशेष सुविधा थपेर उल्लेख्य व्यवसायीहरु पर्यटन व्यवसायमा होमिएका छन ।
रिर्सोट तथा होटलहरुमा बढ्दो लगानी सँगै हालै पोखराको लेकसाइड नजिकै सेदीमा मौलिक शैलीमा नयाँ रिर्सोट सञ्चालनमा आएको छ । पोखरा र सिमलचौरमा युवा व्यवसायी प्रेमबहादुर कार्की (प्रकाश) को एकल लगानीमा सञ्चालनमा आएको रिर्सोट “द कल्चरल रिर्सोट” को नामले नै दर्साउँछ ।
यस रिसोर्टले देशको मौलिक र पुरात्तात्विक पक्षलाई दर्साउँछ । साढे ६ रोपनी क्षेत्रफलमा फैलिएको यस रिर्साेट सञ्चालनमा ल्याउँदा आठ करोडको लागतमा निर्माण भएको थियो भने द कल्चर रिर्सोटको उद्घाटन तीन तहमा गर्ने कार्कीले बताए । प्रथम चरणको उद्घाटन कर्मसियल ओपनिङ चर्चित फिल्म छक्का पञ्जाका नायक दिपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल लगायत विभिन्न पार्टीका नेताहरु द्धारा गत कार्तिकमा उद्घाटन गरिएको थियो भने अब केही समयमा सफ्ट ओपनिङ र ग्राण्ड ओपनिङ पनि गर्ने सञ्चालक कार्कीले बताए ।
रिर्सोट मौलिक शैलीका ढुंगा छापेर बनाइएको छ । साथै रिसोर्टमा प्रयोग गरिएको काठपनि मौलिक शैलीकै छन् । रिर्सोटमा ११ वटा सुविधा सम्पन्न मौलिक शैलीका डिलक्स कोठा छन् । सुन्दर गार्डेन, रेष्टुरेन्ट, गार्डेन बार र स्पा पनि छन् भने पाहुनाहरुको मागलाई मध्यनजर गर्दै केहि समयमा स्विमिङ पुलको सुविधा पनि थपिदै छ । फेवातालको किनारमा अवस्थित यस रिर्सोटमा सय जना क्षमताको सेमिनार हल उपलब्ध छ । पाँच हजार रुपयाँको प्याकेजमा पाहुनहरुलाई कोठा सहित विशेष अफर दिईएको सञ्चालक कार्की बताउछन् । पाहुनाहरुको इच्छा अनुसार घोडाबाट रिर्सोटमा ल्याउने, लैजाने, फेवातल क्षेत्रमा घुमाउने व्यवस्था पनि उपलब्ध छ ।
पोखरा संस्कृतिमा शहर छ भने पोखरा आउने पाहुना पनि विशेष खालकै हुन्छन, कार्की भन्छन् । तिनै विशेष पाहुनालाई समेटेर मैले विशेष रिर्सोट सञ्चालनमा ल्याएको हो । यसले व्यक्तिगत भन्दा पनि पोखराको फरक पहिचान झल्काउने छ ।
शान्त, एकान्त, वातावरणनुकुलित ठाउँमा रहेको रिर्सोटबाट प्राकृतिक सौन्दर्यको प्रत्यक्ष अवलोकन गर्न सकिने, एकान्तमा बसेर अध्ययन गर्ने तथा अनुसन्धानका लागि आउनेलाई विशेष छुटप्रदान गर्ने रिर्सोट सञ्चालक कार्कीले बताए । केहि समय पछि यस्तै मौलिकता झल्काउने खालको नयाँ रिर्सोट लेखनाथमा पनि सञ्चालनमा ल्याउने बताँउदै पर्यटकहरुलाई फेवा किनारको सुन्दरता छुँदै बेगनास र रुपा तालको पनि सुन्दरताबाट आकर्षण गर्ने सोच रहेको उनी बताउँछन ।