काठमाडौं । पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकालले म्यान्मारमा बसोबास गर्ने नेपाली हरु भेटेर आँफुलाइ गौरबको अनुभूति भयको बताउनु भयको छ । झन्डै २०० बर्ष पहिले देखि बसोबास सुरु गरेका हाल करिब १ लाख नेपाली म्यान्मारमा रहेको बताईएको छ ।
इन्टरनेश्नल एशोशियसन अफ पार्लियामेनटरिएन फर पिसको कार्यक्रममा सहभागी हुन पूर्व प्रधानमन्त्री माधब कुमार नेपाल संगै म्यानमार पुगेर स्वदेश फर्कनु भयको ढकालले म्यान्मारमा रहदा नेपाली समुदाय संग विभिन्न स्थानमा भयको भेटघाट र छलफलले नेपाली आफ्नो देशबाट टाढा भयपनि उनीहरुले नेपाली पन जिवितै राख्न सक्छन भन्ने प्रमाणित भयको बताउनु भयो ।
द युनिभर्सल टाइम्सको लागि बिष्णु निश्चल संग कुरा गर्दै पूर्व मन्त्रि ढकालले म्यानमारका नेपालीले नेपाली भाषा, संस्कृतिको जगेर्ना गर्दै आपसी एकता र सदभाब अति बलियो बनायको आफुले पायको बताउनु भयो । अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघ स्थापना गरि सबै नेपालीहरुबीच अभिभाबकीय भूमिका प्रदान गरेकोमा उक्त संघको पनि पूर्व मन्त्रि ढकालले प्रशंसा गर्नु भयो ।
नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले म्यानमारमा श्री पशुपतिनाथ मन्दिरको दर्शन तथा श्री रामेश्वोर विद्या पिठ धामको अबलोकन गर्दा आफु नेपालमै रहेको जस्तो अनुभूति भयको पनि उल्लेख गर्नु भयो । म्यान्मारका नेपाली हरुको इमान्दारिता, एकता र आफ्नो पितृभूमि नेपाल प्रतिको स्नेह देख्दा आफु निकै प्रभावित भयको ढकालले बताउनु भयो ।
म्यानमारका नेपालीले गैर आबशीय नेपालको पहिचान दिन र त्यहाँ अध्यापन गरिने नेपाली पाठ्यक्रमलाई नेपाल सरकारको तर्फबाट मान्यता प्रदान गर्न पहल गरिदिन माग गर्नु भयको पनि पूर्व मन्त्रि ढकालले जानकारी दिनु भयो ।
आफ्नो पिताजीले पनि म्यानमारको स्वतन्त्रताको लागि गोर्खा सैनिकमा भर्ति भै लडेको स्मरण गर्दै पूर्व मन्त्रि ढकालले गोर्खा सैनिकमा समर्पित शान्ति स्तुपा पुग्दा आफु भावुक भयको बताउनु भयो ।
म्यान्मारमा अल्पसंख्यक भयर पनि नेपाली समुदाय बहुसंख्यक द्वारा सम्मानित भयर स्वाभिमानी तबरले बसोबास गरेकोमा खुशी ब्यक्त गर्दै ढकालले म्यानमार सरकारलाई पनि नेपालीप्रतिको सदभाबको लागि धन्यवाद दिनु भयो ।
सांसद समेत रहेका ढकालले म्यान्मारमा अबस्थित नेपाली दुताबास र राजदुत भिम उदासको पनि उच्च प्रशंसा गर्नु भयो । पूर्व मन्त्रि ढकालले अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघका अध्यक्ष श्री सागर घिमिरे, संरक्षक श्री मणिलाल पौडेल, श्री राजु भण्डारी तथा आफु म्यान्मारमा रहदा सहायोग गर्नु हुने श्री भेषराज भट्टराई, श्री कृष्ण डवाडी लगायत सम्पूर्ण नेपालीहरुप्रति आभार ब्यक्त गर्नु भयो ।