यसरी नापीदैछ सगरमाथाको उचाइ

प्रकासित मिति: ५ श्रावण २०७५, शनिबार ०१:३९

काठमाडौं । सरकारले सगरमाथाको उचाइ मापन गर्दै छ । शेर्पा आरोहीमार्फत जिपिएस ग्लोबल पोजिसनिङ सिस्टम उपकरण सगरमाथाको शिखरमै पु¥याएर उचाइ मापन गर्ने भएको हो ।

मौसमको अनुकूलताका आधारमा ०७६ वैशाखदेखि असोजसम्म उपकरणसहित शेर्पा टोलीलाई सगरमाथाको शिखरमा पु¥याउने सरकारी कार्ययोजना छ ।

नापी विभागको तालुक अड्डा कृषि, भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई असार अन्तिममा पेस गरेको कार्ययोजनाअनुसार असोजसम्म सगरमाथा मापन सम्पन्न हुनेछ । यो समाचार आजको नयाँ पत्रिकाले समाचार छापेको छ

Bhansar Bivag
Argakhachi Cement