युनाईटेड नेश्नल मेडिकल सोसाईटी अफ नेपालले बहुअपाङ्गता भएकालाई सहयोग गर्ने

प्रकासित मिति: ६ माघ २०७४, शनिबार १६:३६

काठमाडौं । युवा चिकित्सकहरूको संस्था युनाईटेड नेश्नल मेडिकल सोसाईटी अफ नेपालले द्धन्द्ध पिडित तथा अपाङ्ग समाजमा आश्रय लिईरहेका ४० जना भन्दा बढी बहुअपाङ्गता भएकालाई न्यानो कपडा वितरण गर्ने भएको छ । यहि माघ १३ गते शनिबार संस्थाको कार्यालय साँखुमा पुगेर न्यानो कपडा, केही औषधी तथा स्वास्थ्य सम्बन्धी जानकारी दिईने युनाईटेड नेश्नल मेडिकल सोसाईटी अफ नेपालका अध्यक्ष डा.चन्दन रमन जानकारी दिए ।
‘राष्ट्र विकासको लागि हरेक नेपाली जनतामा स्वास्थ्यको सुनिश्चितता’ भन्ने नाराका साथ स्थापना भएको यस संस्थाले पछिल्लो समय सामाजिक क्रियाकलाबलाई तिब्रता दिदै आएको छ । संस्थामा आश्रय लिईरहेका १२ बर्ष देखि ७० बर्ष सम्मका बहुअपाङ्गता भएकाहरुलाई सहयोग गर्न लागिएको हो । संस्थामा आवद्ध सदस्य तथा स्वयमसेवकबाट बिभीन्न ठाँउवाट कपडा संकलनगरी वितरण गर्ने तयारी गरेको अध्यक्ष डा.रमनले जानकारी दिए । डा.रमनका अनुसार यो कार्यक्रममा सहयोग गर्न चाहनुहुने तथा इच्छुक व्यक्तीले संस्थामा सम्पर्क गरी सहयोग गर्न आग्रह गरे । २०७४ सालमा स्थापना भएको युनाईटेड नेश्नल मेडिकल सोसाईटी अफ नेपालको मुख्य सल्लाहकारमा काठमाडौं विश्व विद्यालयका प्रो.डा. विभूति रन्जन झा रहेका छन् ।

Bhansar Bivag
Argakhachi Cement