युबाहरु क्षणिक सुखमा भुल्नु हुदैन :पूर्वमन्त्री ढकाल

प्रकासित मिति: २३ फाल्गुन २०७५, बिहीबार ००:४२

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले युबाहरुलाई क्षणिक सुख सुविधामा नभुली दिर्घकालिन लक्षमा लागिपर्न आग्रह गरेका छन् । विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपालले आयोजना गरेको युवा नेतृत्व तालिमको उद्घाटन गर्दै ढकालले सफलतामा पुग्न नयाँ कुरा सिक्नु जति महत्वपूर्ण छ तेतिनै पुराना खराब बानि छोड्नु महत्वपुर्ण रहेको बताए । ढकालले तालिममा सहभागि युबाहरुलाई खराब संगत वाट टाढा रहन, बिगतलाई त्यागी वर्तमानमा भविष्यको तयारीमा लाग्न र कुरा काट्नेको पछि नलाग्न पनि सुझाव दिए । प्रशिक्षक हरुलाई सुझाब दिदै ढकालले प्रशिक्षणमा मानबिय समबेदना र हृदय छुने बिषय बस्तु पस्कन, सत्य तथा नविन बिषय सिकाउन र शिक्षामुलक सामग्री प्रस्तुत गर्न प्रेरित गरे। तालिम केन्द्रका संयोजक रुपसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपालका अध्यक्ष सन्तोष पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।

Bhansar Bivag
Argakhachi Cement