समाचार 

युवाशक्ति भनेको शान्तिको बाहक ः सांसद् राजवंशी

भक्तपुर नेपाल परिवार दलकी कोषाध्यक्ष एवम् सांसद मिलन राजबंशीले युवा शक्ति भनेको शान्तिको बाहक रहेको बताएकी छन्े । विश्वशान्ति तथा एकीकृत परिवार संघ–नेपाल भक्तपुर र वल्र्ड कार्प नेपालले संयुक्त आयोजनामा सञ्चालन गरेको पाँच दिने युवा नेतृत्व सम्मलेनको उुद्घाटन गदै यस्तो बताएकी हुन् ।
सांसद राजबंशीले आजका युवा भोलिका उज्ज्वल भविष्य हुन भन्दै शिक्षित व्यक्तिले समयको महत्वलाई समयमै बुझ्न सकेनौ भने पछि पछुताउन पर्ने बताईन् ।
उनले युवाशक्ति भनेको शान्तिको बाहक भएकोले उनीहरु नैतिकवान बन्नुपर्ने तर्क गरिन ।
उनले सेमिनारमा सहभागिहरुलाई इकित गदै भनिन् तपाँईहरु राष्ट्रको उच्च तहमा पुग्नु हुनेछ भन्दै यसको लागि असल शिक्षा लिनुपर्नेमा जोड दिइन् ।
युपीएफका शान्तिदुत ् सुरेन्द्रविक्रम प्रजापतीले युवाहरु नै राष्ट्रको खम्बा भएको हुनाले जुन देशमा युवालाई सम्मान गरेको छ । त्यो राष्ट्र विकसित भएको बताए ।
विश्व शान्ति युवा संघ नेपालका अध्यक्ष प्रकाशबाबु थापाले युवाको काँधमा ठुलो जिम्मेवारी छ, हामीले हातमा नागरिकता, पासपोर्ट र अध्ययन गरेको प्रमाणपत्र साथमा बोकेर मात्र सच्चा नागरिकको जिम्मेवारी पुरा हुँदैन । आफुले सिकेका कुराहरुलाई समाजमा सिकाउन सकेमा मात्र त्यसले सार्थकता पाउने बताए । सेमिनारमा काठमाडौ र भक्तपुरका बिभिन्न कलेजका गरी पाँच दर्जन भन्दा बढी बिद्याथीहरुको सहभागिता रहेको संस्थाका भक्तपुर संयोजक रामबाबु रानामगरले जानकारी दिए ।

Related posts

Leave a Comment