युवाहरुमा बढ्दै गईरहेको बिकृती रोक्न ५ दिने सेमिनार

प्रकासित मिति: २० फाल्गुन २०७४, आईतवार ०४:२६

भक्तपुर । विश्व शान्ति तथा एकीकृत परिवार महासंघ र सिद्दान्त अनुसन्धान महाविद्यालय संघ भक्तपूर शाखाको संयुक्त आयोजनामा ५ दिवसीय नेतृत्वदायी समिनार गरिएको छ । यहि फागुण १० गतेदेखी सुरुभएको सम्मेलन १४ गतेसम्म सञ्चालन गरिएको थियो । समिनारमा भक्तपुरका १७ जना युवाहरुको सहभागीता रहेको कार्यक्रम संयोजक हरिबहादुर खत्रीले जानकारी दिए ।
युवाहरुमा बढ्दै गईरहेको बिकृती विसंगतीलाई कम गराउने र युवाहरुमा सकारात्मक सोचको विकास गरि समाजमा शान्ति स्थापना गरी आर्दश समाजको निर्माण गर्नुका साथै मानवजातीमा भातृत्वको विकास गराइ एउटै नागरिक बन्न प्रेरित गर्नु सेमिनारको उदेश्य रहेको खत्रीले बताए ।
सेमिनारमा बिश्व शान्ति तथा एकिकृत परिवार संघका राष्ट्र्यि प्रशिक्षक काशीनाथ खनाल, बल्र्ड कार्प नेपालका अध्यक्ष्न रुपसिंह भण्डारी, मकवानपूर शाखा संयोजक सुबास लामा, भक्तपूर शाखा संयोजक हरि ब. खत्री र अन्तराष्ट्र्यि प्रशिक्षक एडोनिस आरसुलेसले सहभागिहरुलाई युवा नेतृत्वको बारेमा प्रशिक्षण दिएका थिए । “आफ्नो संस्कृति र सस्कारलाई जोगाइ धर्म, भाषा, जाति भन्दा माथि उठेर विश्वमा शान्ति ल्याउनको लागि युवाहरु सचेत भई अगाडी बढ्नु पर्छ” राष्ट्र्यि प्रशिक्षक काशीनाथ खनाल बताए । अन्तराष्ट्र्यि प्रशिक्षक एडोनिस आरसुलेसले सहभागिहरुलाई मार्सल आर्टकोबारेमा प्रशिक्षण दिएका थिए । “नकारात्मक सोच र गलत संगतले जीवन र परिवार दुबै संकटबाट गुज्रिन बाध्य हुन्छन । अरुको खातिर बाच्नु नै साचो प्रेम हो भन्ने भनाइलाई मनन गर्दै हामी आफ्नो स्वार्थलाई त्यागेर अरुको भलाइमा रमाउनु सक्नु पर्छ” भन्ने कुरा सेमिनारमा सिकेको सहभागिहरुले बताएका छन् ।

Bhansar Bivag
Argakhachi Cement