काठमाण्डौ माघ २२ । पूर्वमन्त्री एवं नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले बिश्व शान्तिका लागि युवा र बिद्यार्थी नामक संस्थाको शुभआरम्भ गरेका छन् । सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रमका बिच बाम प्रगतिशिल गठबन्धनका नेता ढकालले शुरुवात गदै युवाशक्तिलाई सही रूपमा परिचालन गर्न सक्नुपर्ने धारणा व्यक्त गरे । ‘युवाशक्तिलाई सही रूपमा परिचालन गर्न सके त्यसले देशको भविष्य उज्यालो पार्दछ,’ उनले भने, ‘युवाहरुले सदैव सकारात्मक सोच, देशभक्तिको भावना लिएर अगाडि बढ्नुपर्छ ।’ युवायुवतीहरुलाई समष्टिगत भलाइको दृष्टिकोणबाट सेवा, त्याग र समर्पणको मार्गतर्फ अभिप्रेरित गर्नु आजको आवश्यकता रहेको उनले बताए ।
युवालाई सहि मार्ग निदेशित गर्न युवाको क्षमता बृद्धि गर्ने उदेश्य सहित स्थापना गरिएको बिश्व शान्तिका लागि युवा र बिद्यार्थीको भूमिका महत्वपूर्ण रहेको बताए । युवाले राम्रा र सकारात्मक कुरा मात्र लिएर अगाडि बढनुपर्छ भन्दै अव नेपालमा पनि युवाको समय आएको बताए ।
विश्व शान्ति तथा एकीकृत परिवार संघ, नेपालका अध्यक्ष सन्तोषकुमार पौडेलले आजका युवाहरुले नयाँनयाँ परिवर्तन चाहने गरेको बताए । युवाहरूको आवश्यकता, परिवर्तित मनोविज्ञान बुझेर सोहीअनुसारको शिक्षा उनीहरुलाई दिनु नितान्त आवश्यक रहेकोमा उनले जोड दिए । पौडेलले जोश–जाँगरको घडा, अरुका लागि बाँच्न सक्ने, नैतिकवान् र सिर्जनशीलताको अर्को नाम नै ‘युवा’ रहेको बताए । उनले युवाहरुले नैतिक धरातललाई भने सधैँ उच्च राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा वल्र्ड कार्प नेपालका अध्यक्ष रुपशिह भण्डारी युवा सशक्तिकरण, नैतिक तथा चारित्रिक निर्माण लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
समाराहमा लिडरसिप एकेडेमीका अध्यक्ष सन्तोष शाह, बरिष्ठ गायक आनन्द कार्की, युपीएफ नेपालका महासचिव बिनोद डाँगी लगायतले युवा हरेका समस्याको समाधानको बहाक र बिकास र समृद्धिको अगुवा भएकोमा जोड दिएका थिए ।
विश्व शान्ति युवा संघ नेपालका अध्यक्ष प्रकाशबाबु थापाको अध्यक्षतामा भएको कार्यक्रमले प्रकाशबाबु थापाकै अध्यक्षतामा बिश्व शान्तिका लागि युवा र बिद्यार्थी नेपाल नामक संस्थाको तदर्स समिति पनि गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा रुपशिह भण्डारी, केशब श्रेष्ठ, सुदर्शन कुवर, इन्दीरा निरौला, सन्दीप महत, सन्ध्या बिडारी, सुनिता डंगोल लगायत रहेका छन् ।