३० जेठ, बैकक। थाईल्याण्ड भ्रमणमा रहनु भएका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले युवाहरु विश्वको तागत र परिबर्तनको वाहक भएको बताउनु भएको छ । बैंकक स्थित सयुक्त राष्ट्र संघ भवनमा आयोजित एसिया प्यासिफिक बिशेष युवा सम्मेलनलाई सम्बोधन गर्दै ढकालले विश्वमा १.८ अर्ब जनसंख्या १० देखि २४ बर्षका युबाहरु भएको उल्लेख गर्दै उनीहरुलाई सहि शिक्षा दियर परिचालन गर्न सके छोटो समयमा विश्व रुपान्तरण हुने बताए ।
सांसद समेत रहेका ढकालले एसिया महादेशको तागतनै यहाँका ६० प्रतिशत युबाहरु हुन् भन्दै ढकालले यी युवाहरुलाई सबैखाले बिकृति र विसंगति वाट बचाउन सयुक्त राष्ट्र संघ, सरकारी र गैह्रसरकारी क्षेत्रको प्रमुख दायित्व रहेकोमा जोड दिए । पूर्व मन्त्रि ढकालले संसारमा राजनीति, अर्थ, बिज्ञान तथा काल लगायत क्षेत्रमा चमत्कारी काम गर्ने अधिकाँस युबाहरुनै हुन् भन्दै युवाहरुको काँधमा नेतृत्व सुम्पन संकोच मान्न नहुने तर्क गरे । ढकालले जेन क्लाउड दुवालियर १९ बर्षको उमेरमा हैटी को राष्ट्रपति हुनुभएको, दोग्सोमीन बोदकक २६ बर्षको उमेरमा मंगोलियाको प्रधानमन्त्री हुनुभएको, बेनजिर भुट्टो ४० बर्षमा पाकिस्तानको प्रधानमन्त्री हुनुभएको र ठेदोर रूसेवेल्ट ४२ बर्षमा अमेरिकाको राष्ट्रपति बन्न सफल हुनुभएको प्रसङ्ग उल्लेख गर्दै उपस्थित ४० राष्ट्रका युबाहरुलाई आआफ्नो देशमा नयाँ रेकर्ड तोड्न प्रोत्साहित गरे । ढकालले ३३ बर्षे फेसबुकका सहसस्थापक मार्क जुकर्बेर्ग, १४ बर्षको उमेरमा न्युकिलियर फिजनको आविस्कारक ताइलककर विल्सन र केहि समय अगाडी फ्रान्समा राष्ट्रपति निर्बा्चित भएका ३९ बर्षे इमानुल म्याकरोनको प्रसङ्ग उल्लेख गर्दै युवाहरुले असम्भब लाइ सम्भब गर्न सक्छन भन्ने प्रमाणित भएको बताए ।
ढकालले सुरक्षित भविष्यको लागि आजका युवाहरुले अन्याय, अनैतिकता, भ्रष्टचार, निरंकुशता र द्वन्द अस्विकार गर्न र सत्य, नैतिकता, पारदर्शिता, लोकतन्त्र र शान्तिको वाहक बन्न आग्रह गरे। विश्व शान्ति युवा संघ लगायत विभिन्न सामजिक सस्थाहरु र थाईल्याण्डको शिक्षा मन्त्रालय द्वारा आयोजित कार्यक्रममा श्रीलंका र थाईल्याण्डका शिक्षामन्त्री, विभिन्न देशका युबा सांसद, युबा नेताहरु गरि करिब १५०० को सहभागिता रहेको थियो ।