युवा बिकास बहुउद्देश्यीय सहकारी दोस्रो बर्षमा

प्रकासित मिति: २३ पुष २०७३, शनिबार १२:५७

पुस २३ काठमान्डौं । कामनपा २२ न्युरोडमा रहेको युवा बिकास बहुउद्देश्यीय सहकारी संस्था एक बिशेष समारोह बीच प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
प्रथम साधारणसभामा बोल्दै सहकारी हक हित राष्ट्रिय समाजका ऋषि राम ढकालले सहकारीका कार्यक्रम उत्पादनमुखी हुनुपर्नेमा जोड दिए । उनले सहकारीले सबै तहतप्काका नागरिकहरुको आर्थिक एवम् सामाजिक समृद्धिका लागि सहयोग गर्ने बताउँदै सहकारीको माध्यमबाट आम नागरिकको जीवनस्तरमा परिवर्तनगरी स्वाधीन अर्थतन्त्र निर्माणमा टेवा पु¥याएको बताए ।
सहकारीका अध्यक्ष किसन राई (एलाईभ ग्लाईडर)को अध्यक्षतामा भएको साधारणसभामा अध्यक्ष र लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्दै आर्थिक वर्ष ०७२र ०७३ मा संस्थाको तर्फबाट सम्पादित आर्थिक कारोवारको विवरण प्रस्तुत गर्नु भएको थियो ।
साधारण सभाल्े सहकारीको बिभिन्न क्षेत्रमा रहेर उत्कृष्ट योगदान दिनेलाई सम्मान पनि गरेको थियो । यसरी सम्मानित हुनेमा स्टाफ अर्फ द इयरबाट, आस्मा बिष्ट, बेस्ट निक्षेपकर्ताबाट सौरभ चिरनिया, उत्कृष्ठ ऋणि डोल्ला शेर्पा तामाङ, बेस्ट सपोटर अर्फ इयरबाट गणेश राई लगायतलाई सम्मान गरिएको थियो ।
सभामा बोल्दै अध्यक्ष किसन राई (एलाईभ ग्लाईडर)ले आगामी वर्ष शेयर सदस्य वृद्धिका लागि विशेष कार्यक्रम ल्याउँने तयारी रहेको बताउदैै युवाहरुलाई रोजगारी सृजना गर्नमा सहकारी लागेको बताए । उनले सबैको साथ सहयोगबाट सहकारीले एक बर्षमा १० करोड भन्दा बढीको कारोबार गर्न सफल भएको पनि बताए ।

Bhansar Bivag
Argakhachi Cement