काठमाडौ । युवा शक्तिलाई राष्ट्र निर्माणमा लगाउनुपर्नेमा जोड दिईएको छ । राजधानीमा सिद्धान्त अनुसन्धान महाबिदालय संघ नेपालले आयोजना गरेको पाँच दिने नेतृत्व बिकास सम्मेलनका बत्ताहरुले यस्तो बताएका हुन् ।
युवाहरुलाई नैतिक रुपमा बलियो बनाउने उदेश्य सहित शुरु भएको प्रशिक्षणको नेपाल परिवार दलका अध्यक्ष एवम् सांसद एकनाथ ढकालले उद्घाटन गरे । सो अवसरमा बोल्दै अहिलेका युवा नै राष्ट्र शक्तिको रुपमा रहेको बताउँदै युवा तथा विद्यार्थीको मुल्य मान्यता र उत्तरदायित्वलाई उजागर गर्दै विश्वमा शान्तिका खातिरसम्पूर्ण युवाहरुलाई आफ्नो संस्कृति, जाति, धर्म, राजनितीर राष्ट्रियताभन्दा माथि उठेर विश्वमानवताको कार्य गर्न प्रोत्साहित गरे ।
एनले जीवन सफल बनाउनको लागि लक्ष्य निर्घारण गनुपर्नेमा जोड दिदै मान्छेको भ्यालु समान रहेकोले हरेक मान्छेमा क्षमता हुनेर त्यसलाई चिनेर काम गर्न सके सफला प्राप्त गर्न सकिने बताए । कार्यक्रममा युनिर्भसल पीस फेडेरेसन नेपालका महासचिव बिनोद डागीले उमेर बढेसँगै मान्छेका जिम्मेबारी पनि बढदै जाने बताउँदै जीवनमा परिर्वतन ल्याउनको लागि लक्ष्य निर्धारण गरेर अगाडि बढनु पर्नेमा जोड दिए ।
सो अवसरमा बोल्दै सिद्धान्त अनुसन्धान महाबिदालय संघ नेपालका अध्यक्ष रुपसिह भण्डारीले हरेक परिर्वतनको नेतृत्व युवाले गरेको बताउदै युवालाई सहि रुपमा परिचालन गर्न सके देशले चाडै बिकासको फड्को मार्न सक्ने बताए ।
पाँचदिने प्रशिक्षणमा अरुको लागि बाँच्ने सिद्धान्तमा आधारित सेवा, त्याग, र समर्पण सहितको साँचो प्रेममा आधारित जीवनशैली विस्तार गर्ने, पवित्रतामा आधारित साँचो प्रेमको शिक्षा, आदर्श विवाह, आदर्श परिवार र अन्तर्जातीय र अन्तराष्ट्रिय मेलमिलाप मार्फत विश्वशान्तिको लक्ष्य प्राप्त गर्न संस्थाले युवाहरुलाई विभिन्न समाजिक सेवा मुलक कार्यक्रममा क्रियासिल गराउने लगायतको बिषयमा काशीनाथ खनाल, बिनोद डाँगी, रुपसिह भण्डारी, प्रकाशबाबु थापा, केशव श्रेष्ठ, बिष्णु निश्चल लगायतले प्रशिक्षण दिने छन्
प्रशिक्षणमा उपत्यकाका बिभीन्न कलेजका १०० भन्दा बढि युवा तथा बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।