काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपालका केन्द्रिय अध्यक्ष रमेश पौडेलले बिहिबार परेको आफ्नो जन्म दिन नयाँ बानेश्वरको संगम चोकमा रहेको अनाथालय रहेका बालबालिकाहरु सँग रहेर मनाएका छन् ।
जन्म दिन मनाउन लाग्ने खर्च अध्यक्ष पौडेलले नेपाल समाज केन्द्रमा आश्रय लिईरहेका बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा खाधान्य बितरण गरेर मनाएका हुन् । सो अवसरमा तीन दर्जन भन्दा बढी अनाथ बालबालिकालाई शैक्षिक सामग्री तथा खाधान्य सामग्री प्रदान गरेका थिए ।
जन्म दिनको अवसरमा अध्यक्ष पौडेलले अनाथालयलाई करिब १५ हजार रुपैया बराबरको सहयोग गरेको छ । सामग्री बितरण प्रश्चात बोल्दै युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले आफुले जम्म दिनको अवसरमा साथीभाई भेला गरेर गरिने खर्च तथा केक खर्च लाई कुनै कार्यक्रम नगरी अनाथ बालबालिकाको बिच मनाएको छु यसले अनाथ बालबालिकालाई केहि सहयोग भएकोले मनमा शान्ति अनुभूति भइरहेको बताए । सो अवसरमा नेपाल चलचित्र कलाकार संघका केन्द्रीय सदस्य डि.बी बमजन, युवा समाजसेवी निशान थापा लगायत युवा संघ नेपालका पदाधिकारीहरुको पनि उपस्थित रहेको थियो ।