युवा संघ रुपन्देही अध्यक्षको गोली हानी हत्या

प्रकासित मिति: ४ पुष २०७३, सोमबार १२:००

बुटवल । नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानेर हत्या भएको छ । उनलाई देवदह बजारस्थित घर नजिकै एक व्यक्तिले गोली हानेका हुन् । गाेली हानेकाे अारोप लागेका मनाेज राना पुन प्रहरीकाे नियन्त्रणमा छन् ।

रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले तिवारीलाई गोली हानेर फरार भएका थिए । गोली लागेर घाइते तिवारीलार्इ देवदह मेडिकल कलेजमा लगिएको थियो ।

रुपन्देही प्रहरीका एसपी रविन्द्र धानुकले घटनाकाे थप अनुसन्धान भइरहेकाे जानकारी दिए । उनका अनुसार भारतसँग जोडिएका बेलहिया लगायतका सबै नाका शील गरिएको छ ।

Bhansar Bivag
Argakhachi Cement