यूनिभर्सल पीस फेडेरेसनद्वारा जारी एशिया प्यासिफिक शिखर सम्मेलन २०१८–नेपालको प्रारम्भिक प्रतिवेदन (पूरा बिबरण सहित)

प्रकासित मिति: ४ पुष २०७५, बुधबार ०९:४२

यही मङ्सिर र १४ देखि १७ गतेसम्म काठमाण्डौंको होटल ह्यात रिजेन्सिमा आयोजित एशिया प्यासिफिक शिखर सम्मेलन २०१८–नेपाल सम्पन्न भएको छ । उक्त सम्मेलनको मूल विषय “वर्तमान समयका गम्भीर चुनौतिहरुमाथि सम्बोधनः अन्तरनिर्भरता, पारस्पारिक समृद्धि र सर्वव्यापक मूल्यमान्यता” रहेको थियो । उक्त सम्मेलनमा ४५ देशका करिब १,५०० पाहुनाहरुको सहभागिता रहेको थियो, जसमा विभिन्न ४५ देशबाट आउनुभएका ५६७ जना विशिष्ट व्यक्तित्व तथा पाहुनाहरू हुनुहुन्थ्यो ।

सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओली लगायत अन्य ६ राष्ट्रबाट आउनुभएका वर्तमान राष्ट्र तथा सरकार प्रमुख, १० राष्ट्रका भूतपूर्व राष्ट्र तथा सरकार प्रमुखहरू र ५ राष्ट्रका सभामुख तथा उपसभामुखहरुको सहभागिता रहेको सम्मेलनमा यूनिभर्सल पीस फेडेरेसनका सह संस्थापकको पनि उपस्थिति रहेको थियो । सम्मेलनमा ५ जना प्रथम महिला, २ जना उपप्रधानमन्त्री, १५ जना मन्त्री लगायत उल्लेख्य मात्रामा सांसदहरूको पनि उपस्थिति रहेको थियो ।

ऐतिहासिक शिखर सम्मेलन नेपाल सरकारको आवश्यक सहयोगमा यूनिभर्सल पीस फेडेरेसन, शान्तिका लागि अन्तर्राष्ट्रिय संसदीय संघ, एशियाली राजनीतिक दलहरूको अन्तराष्ट्रिय सम्मेलन (क्ष्ऋब्एए) लगायत संस्थाहरूको संयोजनमा सम्पन्न भएको थियो । यसै बर्षको जनवरी महिनामा अफ्रिकाली राष्ट्र सेनेगलबाट सुरुवात भई संसारका विभिन्न राष्ट्रहरूमा संचालित शिखर सम्मेलनको नेपाल संस्करण सातौं एवं यो बर्षका लागि अन्तिम संस्करण थियो । सम्मेलनकोे उद्घाटन नेपालका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले गर्नुभएको थियो भने देहायका नेताहरूले आ(आफ्नो धारणा राख्नुभएको थियोः

• H. E. Madhav Kumar Nepal, Former Prime Minister
• Dr. Thomas G. Walsh, Chairman, UPF International
• Hon. Vijay Jolly, Standing Committee Member, International Conference of Asian Political Parties (ICAPP)
• Dr. Hak Ja Han Moon, Founder, Universal Peace Federation
• H.E. Samdech Akka Moha Sena Padei Techo Hun Sen, Prime Minister of the Kingdom of Cambodia
• H. E. Aung San Suu Kyi, State Counsellor of the Republic of the Union of Myanmar;
• H.E. Baron Waqa, President of the Republic of Nauru
• Hon. Maria Leonor G. Robredo, Vice-President of the Republic of the Philippines
• His Highness Vaaleto’a Sualauvi II Tuimalealiifano, Head of State of Samoa
• H.E. Sir Lakoba Taeia Italeli, Head of the State of Tuvalu
• H.E. H.D. Deve Gowda, Former Prime Minister of the Republic of India and
• H.E. Syed Yusuf Raza Gilani, Former Prime Minister of the Islamic Republic of Pakistan.

शिखर सम्मेलनको उद्घाटन सत्रको समन्वय नेपालका पूर्वमन्त्री एवं इन्टरनेश्नल एसोशियसन अफ पार्लियामेन्टेरियन फर पीस, एशिया प्रशान्त क्षेत्रका अध्यक्ष श्री एकनाथ ढकालले गर्नुभएको थियो भने लोकप्रिय गायिका सुश्री इन्दिरा जोशीले सांगीतिक कोशेली पस्कँदै आफ्नो कला प्रश्तुत गर्नुभएको थियो ।

विगतका अन्तर्राष्ट्रिय सम्मेलनहरुको श्रृङ्खलामा इतिहास रच्दै आयोजित यो
सम्मेलनको मूल आयोजक यूनिभर्सल पीस फेडेरेसन संयुक्त राष्ट्रसंघबाट संयुक्त
राष्ट्रसंघीय आर्थिक सामाजिक परिषद (ECOSOC) को महापरामर्सदाताको -General Consultative status of Economics and Social Council of the United Nations_ हैसियत प्राप्त संस्था हो, जुन संसारका १५५ राष्ट्रहरुमा क्रियाशिल छ ।

एशिया प्यासिफिक शिखर सम्मेलन कुनै अमुक धर्मको प्रचारका लागि नभई वर्तमान विश्वका गम्भीर चुनौतिहरूको सामनाका लगि विश्व समूदायलाई मार्ग दर्शन गर्न, विशुद्ध धार्मिक सहिष्णुता एवं विश्व शान्ति र भातृत्वको विकास गर्नका लागि आयोजना गरिएको थियो भन्ने कुरा सम्मेलनमा सहभागि व्यक्तित्व, प्रश्तुत विषयहरू तथा जारी गरिएको काठमाण्डौं घोषणापत्रले स्पष्ट पारिसकेको छ ।

यूनिभर्सल पीस फेडेरेसनका सहसंस्थापक डा. हाक जा हान मुनले आफू ईश्वरीय छोरीको रुपमा मानव कल्याण, विश्व शान्ति र विश्व भातृत्वको विकासका लागि क्रियाशिल रहेको भनी दिनुभएको अभिव्यक्तिलाई जिससकी छोरी भनेर प्रचार गरिएकोमा आयोजक गम्भीर आपत्ति प्रकट गर्दछ । उहाँले कहीं कतैैपनि आफू जिससको छोरी भनेर प्रश्तुत नगर्नुभएको कुरा पनि जानकारी गराउँदछौं ।

शान्ति तथा पारिवारिक महोत्सवमा असल परिवार, समृद्ध राष्ट्र र विश्व शान्तिको कामनाका लागि सहभागिहरूले सुन्तलाको जुस पिएकोमा अन्य रुपमा गरिएको अनर्गल प्रचारको पनि हामी खण्डन गर्दछौं । उक्त महोत्सवमा डा. हाक जा हान मुनसँगै अन्य ७ धर्म संस्कृतिका अगुवाहरु समेत उपस्थित भएर सहभागिहरूको सुख, शान्ति र असल पारिवारिक सम्बन्धको कामना गर्दै आशिर्वाद दिनुभएको स्पष्ट पार्दछौं ।

एशिया प्यासिफिक शिखर सम्मेलनमा उल्लेखित विभिन्न ६ सत्रहरूमा वर्तमान समयका गम्भीर चुनौतिहरु र त्यसका समाधानका उपायहरू बारेमा व्यापक छलफल भएको थियो ।

सम्मेलनका सत्रहरू र छलफल भएका विषयः

पहिलो सत्रः शान्ति, विकास र सुशासनमा सांसदहरूको भूमिका
दोस्रो सत्रः वर्तमान विश्वका गम्भीर चुनौतिहरूको सामनामा अन्तर(धार्मिक नेतृत्व एवं नागरिक समाजको भूमिका
तेस्रो सत्रः वर्तमान विश्वका गम्भीर चुनौतिहरूमाथि सम्बोधनः जलवायु परिवर्तन
चौथो सत्रः वर्तमान विश्वका गम्भीर चुनौतिहरूको सामनामा आम संचार क्षेत्रको भूमिका पाँचौं सत्रः नेपालको शान्ति प्रक्रिया तथा तथा विश्वभर संचालित शान्ति पहलकदमीहरू

पहिलो सत्रः

कार्यक्रमको पहिलोे सत्रमा “वर्तमान समयका गम्भीर चुनौतिहरुमाथि सम्बोधनः शान्ति, विकास र सुशासनमा सांसदहरुको भूमिका” शीर्षकमा विभिन्न मुलुकका सभामुख, उपसभामुख तथा पूर्व राष्ट्रप्रमुख तथा सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तित्वले सम्बोधन गर्नुभएको थियो । प्रतिनिधि सभाका सम्माननीय सभामुख श्री कृष्णबहादुर महराले उक्त सत्रको अध्यक्षता गर्नुभएको थियो भने देहायका विशिष्ट व्यक्तित्वहरूले सम्बोधन गर्नुभएको थियो ः

• H.E. Johnson Toribiong, Former President of the Republic of Palau
• Hon. Lord Fatafehi Fakafanua, Speaker of the Kingdom of Tonga
• Hon. Jejwarick H. Anton, Vice-Speaker of Nitijela (Legislature of the Marshall Islands)
• H.E. Andrés Pastrana Arango, Former President of Colombia
• H.E. Hassan Ghafourifard, Former Vice-President of Iran
• H.E. Ati George Sokomanu, Former President of Vanuatu


दोस्रो सत्रः

सम्मेलनको दोस्रो सत्रमा “वर्तमान विश्वका गम्भीर चुनौतिहरुको सामनामा अन्तरधार्मिक क्षेत्र तथा नागरिक समाजको भूमिका” शीर्षकमा छलफल भएको थियो । यूनिभर्सल पीस फेडेरेसनका अन्तर्राष्ट्रिय उपाध्यक्ष Dr. Taj Hamad ले अध्यक्षता गर्नुभएको उक्त सत्रलाई देहायका धार्मिक अगुवा तथा राजनीतिज्ञहरूले सम्बोधनमा धार्मिक सहिष्णुता नै विश्व शान्तिको आधार रहेको कुरामा जोडदिइयोः
• Venerable Dr. Udugampola Hemaratana, Principal, Sri Bodhiraja Dhamma School, Sri Lanka
• Rev. Suamalie Naisali Tafaki Iosefa Naisali, Unified Reformed Christian Church, New Zealand
• Dr. Sri Shivamurthy Shivacharya Mahaswami, Religious Head, Sri Taralabalu Jagadguru Brihanmath, India
• Shaikh Kuat Minuarov, First Imam, the Religious Administration of Kazakhstan’s Muslims
• Venerable Sobhita, Principal of the International Buddhist Education Center, Myanmar
• Bishop Paul Simick, Vicar Apostolic of Nepal
• Dr. Chintamani Yogi, Founder Principal of Hindu Vidyapeeth School, Nepal
• Dr. Kazi Nurul Islam, Professor and Founding Chair of the Department of World Religions and Culture, Dhaka University, Bangladesh
• H.H. Acharya Dr. Lokesh, Founder President, Ahimsa Vishwa Bharti, India
• Rev. Geoffrey Alacky, President, RIM-EPI-Centre for Leadership Empowerment, Solomon Islands
• Mr. Pritam Singh, Chairperson Gurudwara Guru Nanak Satsang, Nepal
• Mr. Li-Hsiung Chou, President, Ikuantou Yilan County, Chinese Taipei
• Special Remarks: Hon. Shyam Jaju, National Vice President of the Bharatiya Janata Party (BJP), India
• Reading of the Resolution and Call to Action: Dr. Shrivatsa Goswami, Head Priest, Sri Radha Raman Temple, Brindavan, India.


तेस्रो सत्र

जलवायु परिवर्तन अहिलेको विश्वको चुनौतिपूर्ण समस्याको रुपमा देखापरेको छ । जलवायु परिवर्तनको शिकार मानवजाति, जीवजन्तु, पर्यावरण आदिमा परेको र बेलैमा तापमान कम गर्ने अभियान संचालन नगरे समस्या विकराल हुने कुरा वैज्ञानिकहरुले औंल्याइरहेका छन् । तसर्थ यसबारे जनचेनताको विकास गर्नुका साथै खबरदारी पनि आवश्यक छ । गणतन्त्र किरिबासका पूर्व राष्ट्रपति एनोटे टोङ्गले अध्यक्षता गर्नुभएको यस सत्रमा देहायका प्रबुद्ध व्यक्तित्वले “जलवायु परिवर्तन” का बारेमा सम्बोधन गर्नुभएको थियो र जलवायु परिवर्तन घोषणापत्र समेत जारी गरियोः
• Hon. Nalinee Taveesin, Former Minister, Thailand and Standing Committee Member of ICAPP
• Rev. Suamalie Naisali Tafaki Iosefa Naisali, Climate Change Expert, New Zealand
• Hon. Tiruchi Siva, Member of the Parliament of India
• Ms. Gozde Dizdar, International Vice President for Strategic Partnerships, CAPDI, GD Global, Turkey
• Dr. Bishwa Nath Oli, Secretary, Ministry of Forests and Environment, Government of Nepal

यस सत्रमा “वर्तमान विश्वका गम्भीर चुनौतिहरुको सामनामा संचार क्षेत्रको भूमिका” विषयमा छलफल गरिएको थियो । वासिंटन टाइम्स अमेरिकाका अध्यक्ष श्री टम म्याक्डेभिटको अध्यक्षतामा भएको उक्त सत्रमा संचार क्षेत्रका देहायका प्रबुद्ध व्यक्तित्वले सम्बोधन गर्नुभएको थियो ः
• Mr. Masahiro Kuroki, President, Sekai Nippo, Japan
• Ms. Sambridhi Gyawali, Executive Director, Nepal Republic Media
• Mr. Jung Hee Taeg, President, Segye Ilbo, Korea
• Mr. Aljo Bendijo, People’s Television Network (government media), Philippines
• Dato’ Muhammad Nasir Hamzah, Deputy Chairman, Karangkraf Media Group, Malaysia
• Mr. Padmashri Alok Mehta, Pathfinder Publishing Delhi, India
• Mr. Humphrey Hawksley, BBC Foreign Correspondent, London, England
• Ms. Claudia Rosett, Foreign Policy Fellow, Independent Women’s Forum, USA

पाँचौं सत्र

पाँचौं सत्रमा “नेपालको शान्ति प्रक्रिया तथा तथा विश्वभर संचालित शान्ति पहलकदमीहरू” का बारेमा छलफल भएको थियो । यूनिभर्सल पीस फेडेरेसन एशिया प्यासिफिकका उपाध्यक्ष डा. लेक थभीटम्र्सकूलको अध्यक्षतामा सम्पन्न यस सत्रमा देहायका व्यक्तित्वले सम्बोधन गर्नुभएको थियोः
• “UPF Peace Initiatives” by Dr. Thomas G. Walsh, Chair, UPF international
• “The Role of Parliamentarians in Peace-building” by Hon. Jiko Luveni, Speaker of the Parliament, Fiji
• “Peace, Development, Good Governance and the Role of Parliamentarians” by Hon. Chan Yeol Lee, Lawmaker and Chairman of Education Committee, National Assembly of Korea
• “Nepal’s Peace Process”: H.E. Pradeep Kumar Gyawali, Minister of Foreign Affairs, Government of Nepal
• Special Remarks: Hon. Madhav Kumar Nepal, Former Prime Minister, Government of Nepal
• Presentation of Kathmandu Declaration for Peace and Cooperation: H.E. K. V. Rajan, Former Indian Ambassador to Nepal
• Special Remarks: Dr. Chung Sik Yong, Regional Group Chair of UPF in Asia-Pacific

लिडरशिप एण्ड गुड गभर्नेन्स सत्र
यस विशेष सत्रमा सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीज्यूलाई लिडरशिप एण्ड गुड गभर्नेन्स आवर्डद्वारा सम्मान गरियो । विगतमा पनि नेपालका तत्कालीन सम्माननीय प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालादेखि अफगानिस्तानका तत्कालीन राष्ट्रपति सम्माननीय हमिद कार्जाइ, बेलायतकी पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचर लगायत विभिन्न राष्ट्रका विशिष्ट व्यक्तित्वले उक्त सम्मान प्राप्त गर्नुभएको थियो । सम्मान ग्रहण गर्दै सम्माननीय प्रधानमन्त्री के. पीं शर्मा ओलीज्यूले आफूलाई प्राप्त भएको पुरस्कारको धनराशी आफूले नराखी तत्कालै प्रतिभाशाली बालबालिका तथा युवाहरूको क्षेत्रमा लागाउने घोषणा गर्नुभयो । सम्मानित प्रधानमन्त्रीलाई विभिन्न राष्ट्रका पूर्व तथा वर्तमान राष्ट्राध्यक्ष तथा सरकार प्रमुख एवं उपस्थित विशिष्ट व्यक्तित्वले मञ्चमा गएर उहाँलाई बधाई ज्ञापन गरेका थिए ।

शान्ति तथा पारिवारिक महोत्सव
नेपाल सरकारको “सुखी नेपाली, समृद्ध नेपाल” अभियानलाई सहयोग पु¥याउन र विवाह र परिवारलाई बलियो बनाउने उद्देश्यले आयोजित पारिवारिक महोत्सवमा देशभरिका स्थानीय जनप्रतिनिधिहरू, नागरिक समाजका अगुवाहरू, अन्तर्राष्ट्रिय पाहुनाहरू तथा सर्वसाधारणहरुलाई निमन्त्रणा गरिएको थियो भने मित्रराष्ट्र समोआका राष्ट्र प्रमुख, तुभालुका ाष्ट्रप्रमुख, इस्लामिक गणतन्त्र पाकिस्तानका पूर्व प्रधानमन्त्री लगायत विभिन्न राष्ट्रका वर्तमान तथा पूर्व राष्ट्र एवं सरकार प्रमुखहरू, सभामुखहरू, मन्त्रीहरू तथा सांसदहरूको उपस्थिति रहेको थियो ।
असल परिवारः समृद्ध नेपाल नारा सहित आयोजित महोत्सवमा अमेरिकन शिक्षाविद डा. रोबर्ट किट्टेल, वृन्दावनका गुरु आचार्य श्रीभत्स गोस्वामीज्यूले विवाह र परिवारको महत्वका बारेमा कार्यपत्र प्रश्तुत गर्नुभएको थियो । महोत्सवमा सहभागीहरूले सुन्तलाको जुस पिउँदै असल परिवार र समृद्ध राष्ट्र स्थापनाको कामना गर्नुभएको थियो । नेपालको सदियौं लामो पारिवारिक मूल्यमान्यतालाई अन्य देशका सहभागीहरूले प्रेरणाका रुपमा लिएका थिए । करिब चार हजार पाँचसय व्यक्तिले सहभागिता जनाएको शान्ति तथा पारिवारिक महोत्सवमा सिक्किम राज्यसरकार, भारतका मन्त्री माननीय जी. एम्. गुरुङ्गले शुभकामना सन्देश दिनुभएकोे थियो ।

शान्ति तथा पारिवारिक महोत्सवमा देहायका धर्मगुरुहरुले आ–आफ्नो धर्मको मन्त्रोच्चारण मार्फत असल परिवार र समृद्ध राष्ट्र र विश्व शान्तिको कामना गर्नुभयो । वक्ता धर्मगुरू बहाई धर्मका डा. नरेन्द्र पाण्डे, अबोट गासा मोनास्ट्री भुटानका भिक्षु भेनेरेबल लामा फुब दोर्जी, दोङ्गवाङ्ग बुद्धिष्ट विश्वविद्यालय कोरियाका कुलपति श्री चि रान ली, टेगो अर्डर अफ कोरियन बुद्धिज्मका प्रमुख भेन. वेगुम, होली इस्टर्न क्याथोलिक एण्ड एपोस्टलिक चर्च फिलिपिन्सका आर्चविसप दानिलो सेरानो सालतुल्ला, अन्तर्धार्मिक संघ नेपालका महासचिव श्री केशवप्रसाद चौलागाईं, श्री सद्गुरु परवदेश्वर महाराजजी मठ भारतका संस्थापक अध्यक्ष श्री श्री श्री सद्गुरु बहुमहाराज जी, अल इन्डिया इमाम अर्गनाइजेसनका चिफ डा. उमेर अहमद इल्यासी, अष्ट्रालियन फाउण्डेसन अफ इस्लामिक स्टडिज एण्ड इन्फरमेसनका इमाम डा. अमिन हाडी, भारतका जैन भिक्षु डा. पदम मुनी जी महाराज र गुरुनानक सत्संघ संघ नेपालका श्री ज्ञानी गोविन्द सिंह लगायतल हुनुहुन्थ्यो ।
शान्ति तथा पारिवारिक महोत्सवको अन्त्यमा यूनिभर्सल पीस फेडेरेसनका सह संस्थापक डा. हाक जा हान मुनले सम्पूर्ण सहभागीहरूको सुस्वास्थ्य, दीर्घायु तथा असल पारिवारिक सम्बन्धको कामना गर्दै शान्ति सन्देश दिनुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधिहरूले शान्तिका लागि मेयरहरुको अन्तर्राष्ट्रिय संस्था स्थापनाका लागि यूनिभर्सल पीस फेडेरेसनका सह–संस्थापक डा. हाक जा हान मुन समक्ष सिफारिस गरे ।

अन्तर्राष्ट्रिय युवा सम्मेलनः

शिखर सम्मेलनको अन्तिम दिन (डिसेम्बर ३ मा) आयोजित अन्तर्राष्ट्रिय युवा सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री माननीय रविन्द्र अधिकारीले गर्नुभएको थियो । विश्व शान्ति युवा संघ नेपालका अध्यक्ष श्री प्रकाशबाबु थापाको संयोजकत्वमा आयोजित युवा सम्मेलनमा ४५ देशका करिब ९ सय विदेशी सगभागी सहित ५ हजार युवा तथा विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उक्त सम्मेलनमा फिलिपिन्सका सांसद माननीय क्रिष्टोफर डि भेनेसिया, भारतीय जनता पार्टीका नेता विजय जोली, विश्व शान्ति महिला संघकी अन्तर्राष्ट्रिय अध्यक्ष प्रोफेसर योन हा मुन, युथ एण्ड स्ट्युडेन्ट्स फर पीसका अन्तर्राष्ट्रिय अध्यक्ष डा. रोबर्ट किट्टेल लगायत वक्ताहरुले बोल्नुभएको थियो । साथै ख्याति प्राप्त कलाकारहरु श्री आनन्द कार्की, इन्दिरा जोशी, टिका प्रशाईं तथा प्रताप दासले आफ्नो कला प्रश्तुत गर्नुभएको थियो । सम्मेलनले युवा पिंढीमा सार्वजनिक सोच, नैतिक मूल्यमान्यताको विकास हुनुपर्ने कुरामा जोड दिंदै युवा नेतृत्वलाई राज्यका विभिन्न अंग तथा निर्णय प्रक्रियामा समावेश गर्नुपर्ने कुरामा जोड दिएको थियो ।

अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रमः

सम्मेलनकै अन्तिम दिन आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा नेपाल सहित फिलिपिन्स, सिंगापुर, मलेशिया, थाइल्याण्ड, मंगोलिया लगायत देशबाट आउनुभएका कलाकारहरुले आ(आफ्नो देशको कला र संस्कृति झल्कने कला प्रश्तुत गरेर भरपुर मनोरञ्जन दिएका थिए भने नेपालका कालाकारहरुले आफ्नो कलाकारिता मार्फत नेपाल विविधतामा एकता भएकोे मुलुक हो भन्ने सन्देश दिने प्रश्तुती दिएका थिए ।

एशिया प्यासिफिक शिखर सम्मेलन नेपालमा सम्मपन्न हुनका लागि विविध कुराहरुले आकर्षित गरेको थियो । जसमध्ये, नेपालको सफल शान्ति प्रक्रिया, संविधानसभा मार्फत संविधान निर्माण र जारी गर्न नेपाल सक्षम हुनु, नेपालको असंलग्न परराष्ट्र नीति, विश्व शान्ति प्रतिको नेपालको प्रतिबद्धता, जलवायु परिवर्तनको सन्दर्भमा नेपालले देखाएको अग्रसरता, नेपालमा सरकार र नागरिक समाज बीचको सहकार्य आदिलाई प्रमुख रुपमा अघि सार्न सकिन्छ ।

एशिया प्यासिफिक शिखर सम्मेलनको प्रतिवेदन र यसका दौरानमा जारी गरिएका विभिन्न घोषणापत्रहरू संयुक्त राष्ट्रसंघ एवं त्यस अन्तर्गतका निकायहरू, नेपाल सरकारका तथा विभिन्न मित्र राष्ट्रहरूमा पु¥याइने हुँदा यसले दीर्घकालीन रुपमा सकारात्मक योगदान पु¥याउने कुरामा आयोजकहरू विश्वस्त छन् ।

शिखर सम्मेलनमा विभिन्न मुलुकहरुबाट आउनुभएका विभिन्न राष्ट्रका वर्तमान तथा पूर्व राष्ट्राध्यक्ष तथा सरकार प्रमुख एवं सभामुखज्यूहरूले नेपालका सम्माननीय राष्ट्रपति, उप–राष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा विभिन्न राजनीतिक दलका नेताहरूसँग द्वीपक्षीय एवं बहुपक्षीय बैठकहरू गर्नुभयो । ती वार्ता र छलफलहरुबाट नेपालका लागि नयाँ कुटनैतिक अवसर पनि प्राप्त हुन सक्यो भने सरकार प्रमुखहरूका साथमा नेपाल आएका विभिन्न देशका वैदेशिक लगानीकर्ता एवं व्यवसायीहरूले नेपालका व्यवसायीहरूसँग आपसी हीत तथा व्यवसायिक अवसरका बारेमा पनि छलफल गरेका थिए ।

सम्मेलनले संयुक्त राष्ट्रसंघीय दीगो विकास लक्ष्यलाई प्रबद्र्धन गर्नुका साथै नेपालको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा उच्च बनाएको छ । यसले एशिया प्रशान्त क्षेत्र र विश्वमा नै शाान्ति, मेलमिलाप, अन्तरनिर्भरताका लागि सहकार्य, पारस्परिक समृद्धि तथा विश्वव्यापी मूल्यमान्यताको वकालत गरेको छ । यसले जलवायु परिवर्तन र त्यसले नेपाल तथा विश्वमा पारेको असरका सम्बन्धमा जनचेतना बढाउने काम गरेको छ भने नेपालको शान्ति प्रक्रियालाई विश्वमा चिनाउनुका साथै नेपालको पर्यटन प्रबद्र्धनमा पनि सहयोग पु¥याएको छ । साथै सम्मेलनले नेपाल सरकारको सुखी नेपालीः समृद्ध नेपाल अभियानलाई सहयोग पु¥याउनुका साथै एशिया प्रशान्त क्षेत्र तथा विश्वमा विभिन्न धर्म संस्कृति बीचको सहिष्णुता र सद्भावको सन्देश पनि दिन सफल भएको छ । यसले नेपाल भ्रमण बर्ष २०२० का लागि सहयोग पु¥याउनुका साथै भगवान बुद्धको पावन जन्मभूमि लुम्बिनीको प्रबद्र्धनमा पनि प्रशस्त टेवा पु¥याएको छ । सम्मेलनले वैदेशिक लगानी आकर्षित तथा नेपालको कुटनीतिक सम्बन्धलाई उच्च बनाउनुका साथै मुलुकको अर्थतन्त्रलाई थप टेवा पु¥याएको छ ।

एशिया प्यासिफिक शिखर सम्मेलन २०१८–नेपाल सम्पन्न गर्नका लागि आवश्यक बजेट यूनिभर्सल पीस फेडेरेसन अन्तर्राष्ट्रियले ब्यहोर्ने छ । सम्पूर्ण खर्चको विस्तृत विवरण नियमानुसार लेखा परीक्षणको प्रतिवेदन मार्फत सार्वजनिक गरिनेछ ।

अन्त्यमा, ऐतिहासिक एशिया प्यासिफिक शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउनुहुने नेपाल सरकार, आम नागरिक, स्वदेशी तथा विदेशी सहभागीहरू, नागरिक समाज, धार्मिक क्षेत्र, निजी क्षेत्र, पत्रकार मित्रहरू, कलाकार, सुरक्षाकर्मी, स्वयंसेवक, सुभेच्छुक सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

Bhansar Bivag
Argakhachi Cement