रंगकर्मी नानी थापाको “जूनकिरी”

प्रकासित मिति: १ आश्विन २०७४, आईतवार १५:१२

निखारिएको अभिनय, माझिएको भाशाशैली तथा उचित बिम्ब–प्रतिकको प्रयोगले नाटक र नानीको उचाई यतिबेला नेपाली रङमञ्चमा आकाशिएको छ ।

काठमाण्डौं । रंगकर्मी नानी थापाले आफ्नो एकल प्रयासमा सामाजिक यथार्थपरक नाटक “जूनकिरी“ जुन मन्चन गरिएको छ । निखारिएको अभिनय, माझिएको भाशाशैली तथा उचित बिम्ब–प्रतिकको प्रयोगले नाटक र नानीको उचाई यतिबेला नेपाली रङमञ्चमा आकाशिएको छ । नानी थापाकै आफ्नै लेखन र निर्देशनमा एकल अभिनय गर्दै जूनकिरी नामक नाटकमा देखिएकी हुन ्। नानीका अनुसार उनले यो नाटक आफ्ना रंगकर्म गुरु अशेष मल्लप्रति दक्षिणास्वरूप अगाडि ल्याएको पनि खुलाइन् ।
१० वर्षको उमेरदेखि नै नाटक खेल्न शुरु गरेकी नानीको पहिलो एकल नाटक पुतली थियो । विद्रोह, बेचिएकी चेली र अ ब्युटिफुल वुमनपछि जूनकिरी उनको पाँचौ नाटक हो भने छैटौं एकल नाटकको रूपमा जिन्दगी जिन्दावाद लिएर आउने थापाले बताइन् । नाटक कमल कोइरालाले संयोजन गरेका छन् भने लाइटमा सुमित डंगोल, ध्वनिमा पवन जन्वालले साथ दिएका छन् । ‘जूनकिरी त्यो नाटक हा,े जसलाई हरेक तप्का र तहका हरेकवर्गले एकपटक हेर्नै पर्दछ’ –उनले भनिन् ।
सामाजिक यथार्थपरक नाटक जूनकिरीमा यसको पात्र स्वयम् जूनकिरी र आकाशकी जून, जो दुबै सूर्यको उज्यालोमा भन्दा पनि अन्धकार रातमा बढी चम्किन्छन् । अस्तित्व प्राप्त गर्दछन् । उनीहरुबीचको यहीं समानता र केही भिन्नतालाई बिम्बका रूपमा प्रस्तुत गर्दै एउटी सामान्य गाउँकी युवती कसरी व्यवसायिक हाइ प्रोफाइल कल गर्ल हुन पुग्छे भन्ने कथा नाटकले बोलेको छ । एक दशक जीवनकालको यात्रामा उसंग जोडिएका र छुट्टिएका केही पात्रहरुको कथा पनि संगसंगै बुन्दै लैजान्छे जूनकिरीले । एक आँटिली र बिद्रोही स्वभावकी जूनकिरीले नाटकभित्र महिला सशक्तिकरणको एउटा दरिलो संदेश बोकेर समाज, कानुन, राज्य व्यवस्था र विश्व समुदायलाई नै कडा व्यंग्य गर्छे। ऊ नाटकबाट चुनौती दिन पनि पछि हटेकी छैन भने कथाभित्र आमाबाबा र आफूले प्रेम गरेको युवकका लागि अत्यन्तै उदार प्रेम र समर्पणको भाव नाटकभित्र छताछुल्ल पोख्ने कोसिस गरिएको छ ।
साहित्यमा रुचि भएकी जूनकिरीले नाटकभित्र गीत, नृत्य, कबितालगायत हास्य, करुणा, शृङ्गार, वीर, रौद्र, विभत्स, भयानकलगायत लगभग अभिनयका नौवटै रसबाट पात्रको मनावैज्ञानिक विचलनलाई प्रस्तुत गरिएको छ । जूनकिरीले समाजमा भइरहेका, दैनिक जीवनमा देखिइरहेका, सुनिरहेका, भोगिरहेका र अनुभवलाई ती घटनाका पात्रहरुको प्रतिनिधि भएर जीवन्त रुपमा मञ्चन गर्ने भरपुर प्रयास गरिएको छ ।
‘आधुनिक युवापुस्ताहरुको सोच र अनेकन भ्रमहरुलाई चिर्दै किशोर अवस्थामा देखिन सक्ने विभिन्न समस्यालाई उनीहरु स्वयं, परिवार र समाजले सही ढङ्गले समाधान र सम्बोधन गर्नुपर्नेलगायत सामाजिक विभेद तथा बेथितिको बिरुद्धमा जूनकिरीले ज्योति छर्दै नाटक मञ्चन गरिएको हो’ राष्ट्रिय नाचघर जमलमा मञ्चन भएको नाटकले राजधानीका दर्शकलाई गहिरो प्रभाव छाड्न सफल भएको छ । नाटक असोज ५ गते सम्म मञ्चन गरिनेछ ।
प्रस्तुति ः प्रकास बाबु थापा

Bhansar Bivag
Argakhachi Cement