समाचार 

रंगकर्मी विष्णुभक्त फुयाँलको निधन

रंगकर्मी विष्णुभक्त फुयाँलको निधन भएको छ ।काठमाण्डौको राष्ट्रिय नाँचघरमा चलिरहेको नाटकमा अभिनय गर्दा गर्दै उनको निधन भएको हो।उनी नेपाली चलचित्रमा लामो समयदेखि काम गर्दै आएका कलाकार हुन् । नाटकमा अभिनय गर्दै गर्दा उनी एक्कासि बेहोस भएका थिए ।बद्रि अधिकारीको निर्देशनमा मञ्चन भैरहेको नाटक ‘महर्षि यज्ञ वैज्ञ’मा राजा जनकको भूमिकामा अभिनय गर्दा-गर्दै उनी बेहोस भएका थिए ।बेहोस भएपछी उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको छ

Related posts

Leave a Comment