राँगाको आक्रमणमा परी मच्छेगाउँमा एक जनाको मृत्यु

प्रकासित मिति: ११ फाल्गुन २०७५, शनिबार ०३:५७

रागाँको आक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु भएको छ।७० वर्षीय रामविर महर्जनको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग मच्छेगाउँका सइ कृष्णराज गौतमले जानकारी दिए।महर्जनको विहान उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो। राँगाको आक्रमणबाट घाइते भएका एक जनाको उपचार भइरहेको सई गौतमले बताए। राँगा कसको र कहाँबाट आएको भन्ने खुल्न सकेको छैन।

Bhansar Bivag
Argakhachi Cement