राजधानीमा एकाएक त्रास फैलियो

प्रकासित मिति: १२ फाल्गुन २०७५, आईतवार ०२:०७

व्यस्त शहरी दैनिकी । सवारीको चहल पहल उस्तै । शान्ति सुरक्षाको हिसावले शान्त र खतरामुक्त । शुक्रबार बेलुकी साँढे आठ बजेसम्म देशको मुख्य राजधानीको ताजा अबस्था यस्तै थियो । तर त्यसपछिको अबस्थाले अर्कै रुप लियो । राजधानीबासीमा त्रास निम्त्यायो ।

ललितपुरको नख्खुमा भएको बम विष्फोट र राजधानीकै नक्सालमा फेला परेको बमले गर्दा राजधानीबासी एक्कासी आक्रान्त बने । एनसेलको मुख्यालयलाई लक्षित गरी राखिएको प्रेसर कुकर बम पड्किँदा ३ जना घाइते भएका थिए । घाइतेमध्ये गम्भिर घाइते भएका एकको उपचारको क्रममा मृत्युसमेत भएको छ भने अन्य दुईको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

विष्फोटमा परी घाइते बनेका लमजुुङका सिंहप्रसाद गुरुङको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । ४९ वर्षीय गुरुङ सिंगापुरे लाहुरे भएको खुलेको छ । उनी ३ वर्षअघि सिंगापुर प्रहरीबाट अवकास पाएर स्वदेश फर्केका थिए । गुरुङको दुबै खुट्टामा गम्भिर चोट लागेको, कम्मरका हड्डीहरु भाँचिएको र रगत बग्ने ठूला नसाहरु काटिएकोले अत्यधिक रक्तश्रावका कारण मुत्यु भएको अस्पतालले जनाएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ।

Bhansar Bivag
Argakhachi Cement