९ माघ, काठमाडौं । पूर्वमन्त्री एकनाथ ढकालले युबाहरुको मानसिकता फराकिलो हुनु पर्ने बताउनु भएको छ । बिश्व शान्ति तथा एकिकृत परिवार संघ नेपाल द्धारा आयोजित २१ दिने तालिमको समापन समारोहमा बोल्दै ढकालले निराश र नकारात्मक सोंचका युबाहरु द्वारा राष्ट्रले केहि अपेक्षा गर्न नसक्ने भन्दै युबाहरुलाई सकारात्मक रुपमा सोच्न, सार्बजनिक चिन्तन गर्न, अनुशासित र संयम हुन आग्रह गरे । नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले राज्य संयन्त्रमा दक्ष, सक्षम, कुसल र इमान्दार युबाहरुको प्रवेश आबश्यक रहेको बताउदै विश्वका सफल र अनुकरणीय नेतृत्व हरुबाट सिक्न र उत्प्रेरित हुन पनि युबाहरुलाई प्रोत्साहित गरे । कार्प नेपालका अध्यक्ष रुपसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक अभियन्ता सन्तोष पौडेल, काशिनाथ खनाल लगायतले सहभागीहरुलाई बधाई शुभकामना दिएका थिए । तालिममा देशभरबाट ५२ जना यूवाहरुको सहभागिता रहेको थियो ।