राप्रपाले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने

प्रकासित मिति: ३ भाद्र २०७४, शनिबार १६:१४

हेटौँडा, ३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनसम्बन्धी विधेयकमा संसद्मा आइतबारदेखि हुने बहसमा हिन्दु राष्ट्र पुनःस्थापनाको विषय पनि प्रवेश गराउन माग गर्नु भएको छ ।

आज यहाँ अयोजित पत्रकार सम्मेलनमा उहाँले वर्तमान सरकार मधेस समस्या समाधानमा उदासीन रहेको, भ्रष्टाचार बढाउँदै लगेको तथा आत्मसमर्पणवादी हुँदै गइरहेको आरोप लगाउनुभयो ।

अध्यक्ष थापाले राप्रपाले यही भदौदेखि आगामी कात्तिकसम्म मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने र आमजनतालाई देशको समसामयिक परिस्थिति बताउँदै राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकताको विषयमा जागरुक गराउने, हिन्दुराष्ट्र पुनःस्थापनाको विषय जनतामा लाने तथा भ्रष्टाचारविरुद्ध अभियान संचालन गर्ने जानकारी दिनुभयो ।

Bhansar Bivag
Argakhachi Cement