राप्रपा सयुक्तका नेता खड्का परिवार दलमा प्रबेश

प्रकासित मिति: २६ बैशाख २०७६, बिहीबार १४:०१

परिवार दलमा दिनहु प्रवेश

बैशाख २६ काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (सयुक्त)का आमन्त्रीत केन्द्रीय सदस्य सहित आधा दर्जन भन्दा बढी बिभिन्न दलका नेताहरु नेपाल परिवार दलमा प्रबेश गरेका छन् ।
बिहिबार राजधानिमा आयोजित एक कार्यक्रमका बिच नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले फुलमाला सहित दलको सदस्यता प्रदान गरि पार्टी प्रेबस गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (सयुक्त)का आमन्त्रीत केन्द्रीय सुनिल खड्का सोही दलका दलका ३ नं प्रदेश सदस्य माधव प्रसाद हुमागाई मिसन सिलवाल, नेपाली काँग्रेस काभ्रे जिल्ला रोसी गाउँपालिकाका बडा सदस्य उरेन्द्र तामाङ लगाएतका नेताहरु परिवार दलमा प्रबेश गरेको अध्यक्ष ढकालका स्वकीय सचिव जितेन्द्र श्रेष्ठले जानकारी दिए ।
दलमा नवप्रबेशीहरुलाई सम्बोधन गदै आज पार्टी प्रबेस गर्नेलाई पार्टीको उचित जिम्मेवारी दिने बताउँदै ढकालले राष्ट्रिय एकता, तिब्र विकास, संविधानको प्रभावकारी कार्यन्वयन,असल संस्कार, शुशासन, श्रमको सम्मान, समानता तथा पारिवारिक मूल्य मान्यताको जगेर्ना गर्न अहिलेको आवश्यकता रहेको बताए ।
अध्यक्ष ढकालले संबिधान सभा द्वारा जारि संबिधानको कार्यान्वयन वाट नै समुन्नत नेपाल निर्माण सम्भब रहेको बताए । अध्यक्ष ढकालले ठुला पार्टी अब्यबस्थित प्लटीङ्ग गरेको जमिन जस्तै भैसकेको भन्दै परिवार दल अझै भर्जिन जमिन जस्तै रहेको गरे । जनसमर्थन मिले आफ्नो पार्टीले ठुला पार्टीको बिगत ाट पाठ सिकी गल्तिको पुनराबृति नगरी जनआकांक्षा पुरागर्न अघि बढ्ने ढकालको भनाई थियो । नव प्रवेशी सुनिल खड्काले राष्ट्रवादि पार्टी नेपाल परिवार दलमा प्रवेश गरेको वताए । पार्टी प्रबेस कार्यक्रममा दलका महामन्त्री विनोद डाँगी, प्रवत्ता सन्तोष कुमार पौडेल कोषाध्यक्ष एव् संबिधान सभा सदस्य मिलन कुमारी राजबंशी तथा रकेही केन्द्रिय सदस्यहरुको उपस्थति रहेको थियो । परिवार दलले बैकल्पिक लोकतान्त्रिक शक्ति निर्माण गर्न भन्दै विभिन्न राजनैतिक दलहरुसंगको संबादलाई पनि तिब्र बनाएको दलका सचिब गोबिन्द मिश्रले जानकारी दिए ।
पहिलो र दोश्रो संबिधान सभामा प्रतिनिधित्व रहे पनि हाल संसदमा भने प्रतिनिधित्व नरहेको नेपाल परिवार दलमा दिनहु प्रवेश गर्नेको लहर देखिएको छ । परिवार दलले तिन बुदे राजनैतिक सहमति गरी नेकपा लाई गत निर्बाचनमा सघायको थियो । परिवार दलले केहि समय अघि देखि संचालन गरेको राष्ट्र जागरण अभियान अन्तर्गत सुदुरपश्चिम प्रदेशमा आयोजित कार्यक्रममा १७० जना पार्टी प्रवेश गरेका थिए भने गण्डकी प्रदेशको कार्यक्रममा पनि पार्टी प्रवेश गर्ने कम देखिएन ।

Bhansar Bivag
Argakhachi Cement