अन्तत राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेकी छन्।प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता सुवाष नेम्वाङसँगको परामर्शपछि राष्ट्रपतिले अध्यादेश प्रमाणिकरण गरेकी हुन्।यसको पुष्टि जनसम्पर्क अधिकृत हीरामणि आचार्यले पनि गरे। उनले भने, ‘राष्ट्रिय सभा अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गर्नु भएको छ।’ अध्यादेश स्वीकृतिसँगै नयाँ सरकार गठन गर्ने बाटो पनि खुल्ला भएको छ। राष्ट्रिय सभाको गठनसँगै अब नयाँ सरकार गठनको तयारी सुरु हुनेछ।