चितवन । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनमा राष्ट्रबादी शक्ति संग सहकार्य गर्ने बताउनु भयको छ । दशैंको शिलशिलामा चितवन आउनु भयका ढकालले भरतपुरमा पत्रकारहरुसंग कुरा गर्दै देशभक्तिको भावना नभयका राजनैतिक शक्तिले चुनाब जिते मुलुकको दुर्दशा हुने भन्दै अब सबै राष्ट्रबादी र विकासप्रेमी शक्ति हरुबीच निर्बाचनमा सहकार्य आबस्यक रहेको उल्लेख गर्नु भयो । अध्यक्ष ढकालले दशैँ लगतै नेपाल परिवार दलले आगामी चुनाबको सन्दर्भमा आफ्ना दृस्टीकोण र रणनीति सार्बजनिक गर्ने पनि प्रस्ट पार्नु भयो । ढकालले राष्ट्रबादी शक्तिलाई निर्बाचन मार्फत बहुमत दिन आमनागरिकमा अपिल गर्दै आगामी पाँच बर्ष भित्र यहि शक्तिले नेपालको काचुली फेर्ने पनि बताउनु भयो ।