राष्ट्रियताको सवालमा बामगठबन्धन नै सही ः पूर्वमन्त्री ढकाल

प्रकासित मिति: ८ मंसिर २०७४, शुक्रबार १४:२२

पर्सा, ८ मंसिर । बाम प्रगतिशिल गठबन्धनका नेता एवम् नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले राष्ट्रिय एकता कायम राख्न प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा बामगठबन्धनलाई जिताउनुपर्ने बताएका छन् ।
प्रदेश नम्बर २ स्तरीय अगुवा कार्यकर्ता भेलालाई शुक्रबार वीरगन्जमा सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका ढकालले नेपालमा राष्ट्रियता कमजोर हुदै गएकोले राष्ट्रियता बलियो बनाउन बाम गठबन्धन भएको र त्यसमा परिवार दल पनि सहभागी भएको जानकारी दिए ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित कार्यकर्ता भेलामा उनले नेपाल परिवार दल सबै राजनीतिक दल र तीनका नेताहरुसँग सामान सम्बन्ध रहेको भएपनि देशमा राष्ट्रियताको सवालमा बामगठबन्धन नै सही भएकोले त्यसलाई नै समर्थन गरेको बताए । उनले कम्युनिष्ट पार्टीहरुसँग परिवार दलको पार्टी एकता नभई देश विकासको लागि अबको पाँचबर्षे सम्म साथ दिने पनि बताए । आफ्नो पार्टीलाई समानुपातिकमा सिट दिएकोले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बामगठबन्धनका उम्मेदवारहरुलाई खुलेर सहयोग गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए । समानुपातिकमा पनि बढीभन्दा बढी मत ल्याउनका लागि बामगठबन्धनका सबै उम्मेदवारहरुलाई सक्दो सहयोग गर्न आग्रह गरे ।

दलका पर्सा जिल्ला अध्यक्ष पल्टन कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय प्रवत्ता संतोष कुमार पौडेल, केन्द्रीय सदस्य अब्दुल कयुम शाह, रामचन्द्र चौधरी, संतोष दास तथा प्रदेश नम्बर २ का ८ वटा जिल्लाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Bhansar Bivag
Argakhachi Cement