काठमाडौँ । राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा)ले आफनो स्थापनाको सातौ बाषिक उत्सव मनाएको छ । सोमबार राजधनीमा आयोजित कार्यक्रम पुर्वअर्थमन्त्री रामशरण मतले नोजाको बार्षिक उत्सवको उद्घाटन गदै पछिल्लो समय मिडियाको बिकासमा अनलाईन पत्रकारीताको महत्वपूर्ण भूमिका रहेको बताए । उनले अनलाइन पत्रकारीत फस्टाएसँग अहिले आम जनताले तुरुन्त सूचना पाउन सककाृ बताए
कार्यक्रममा राष्ट्रिय अनलाईन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगानाको सभापतित्व भएको कार्यक्रममा पूर्व राज्य मन्त्री पशुराम गुरुङ, निटका अध्यक्ष दिपक महत टानका उपाध्यक्ष नबिन त्रिताल, ठमेल पर्यटन बिकास परिषदका अध्यक्ष भाबेश्वर शर्मा लगायत पत्रकार तथा विशिष्ट व्यक्तिहरुको उपस्थती रहेको थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा)का अध्यक्ष मुकुन्द ढुंगानाले २५० भन्दा बढी अनलाईन पत्रकारहरु नोजामा आवद्ध भएको जानकारी दिए । यस्तै यस बर्षको राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कारबाट पत्रकार दिल माया तामाङ पुरस्कृत भएकी छन् । राष्ट्रिय अनलाइन पत्रकार संघको सातौ बार्षिकोत्सवको अबसरमा पूर्व अर्थमन्त्री डा. रामशरण महतले उक्त पुरस्कार वितरण गरे । हरेक बर्ष एकजना पत्रकारलाई वितरण गरिने उक्त पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ छ । सोही अवसरमा ठमेल पर्यटन बिकास परिषदका नबनिर्बाचीत पदापधिकारीलाई पनि सम्मान गरिएको थियो ।