राष्ट्रिय क्षयरोग दिवस मनाईयो , वार्षिक ४५ हजार नयाँ क्षयरोगी

प्रकासित मिति: १३ मंसिर २०७४, बुधबार १३:४४

१३ मङसिर काठमाडौं । क्षयरोग जो कसैलाई हुन सक्छ हामी संगठीत भयौ भने नियन्त्रण गर्न सकिन्छ भन्ने नाराका साथ ६४ औ राष्ट्रिय क्षयरोग निबारण दिवस जनचेतना मूलक कार्यक्रम गरि बुधबार मनाईएको छ ।
नेपाल क्षयरोग निवारण संस्था कालिमाटीको आयोजना भएको कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा एक अन्तरक्रिया मूलक कार्यक्रम सम्पन्न गरेको छ । नेपाल क्षयरोग निवारण संस्था अध्यक्ष देबेन्द्र बहादुर प्रधानको अध्यक्षतामो कार्यक्रम भएको थियो ।

कार्यत्रममा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक केदार नरसिङ केसी , जिल्ल समन्वय समिति काठमाण्डौका प्रमुख शिब सुन्दर बैध,स्वास्थय सेवा बिभागका महानिर्देशक राजेन्द्र प्रशाद पन्त लगायतको सहभागिता रहेको थियो । नेपाल क्षयरोग निवारण संस्था स्थापना भएको दिनको सम्झनामा हरेक बर्ष मंसिर १३ गते राष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ । क्षयरोग विरुद्ध जनचेतना जगाउने र उपचार सेवामा सहयोग पुर्याउने उद्देश्यले २०१० सालमा नेपाल क्षयरोग निवारण संस्था स्थापना गरिएको थियो । दिवसको अवसरमा बिभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । स्वास्थ्य मन्त्रालय र स्वाथ्यको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाले र्यायाली तथा अन्तरक्रिया लगायत कार्यक्रम आयोजना गरेका छन् ।
क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ ।
नेपालको क्षयरोगको तथ्याकं झन भयावह छ, राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली जनसख्याँ क्षयरोग ले ग्रसित पाइएको छ । हरेक बर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले बर्षेनी मर्ने तथ्याकं पनि देखिन्छ । क्षयरोगीहरु को उमेर समुह धेरैजसो उत्पादक उमेर समुह अर्थात १५ देखि ४९ बर्ष हुनेगर्दछ ।

नेपालमा क्षयरोगको उपचारका लागि ४३२१ डट सेवा केन्द्रहरु रहेका छन् । सन् २०१६ सम्मा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्मा ७५ वटै जिल्लामा लाने नेपाल सरकारले लक्ष्य लिएको छ । यस प्रविधी क्षयरोग पत्ता लगाउन धेरै भरपर्दो र गुणस्तरिय मानिन्छ । स्मरण रहोस नेपालमा हुने क्षयरोग मध्य ७५ प्रतिशत बढि त फोक्सो कै क्षयरोग हुने र अन्य ग्रन्थी, पाठेघर, पेट, कलेजो, मृगौला, मष्तिष्क र हड्डी आदिका हुने गर्दछन् ।

नेपाल सरकारले क्षयरोग को उपचार निशुल्क गर्दछ भनें सन् २०३५सम्मा क्षयरोग निर्मुल पारी क्षयरोगले हुने मृत्यूमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ । गाँउघरमा क्षयरोग बिरुद्ध जनचेतनाको अभाव अनि उपचार गर्न नआउने समस्या रहेको छ ।
३ हप्ता या बढि देखि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो या छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढि महसुस भएमा नजिकैको स्वास्थ चौकी गएर जचाउन पर्दछ । क्षयरोग सर्न पनि सक्दछ भने शारीरीक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा यो संक्रमणले सहजै डेरा जमाउन सक्दछ ।

क्षयरोगसंग अब डराउनु पर्ने चाँही छैन किनभनें निशुल्क ५ बर्ष मुनीको बच्चामा, भर्खरै क्षयरोग देखिएको मान्छेमा, कमजोर रोग प्रतिरोध क्षमता भएका मान्छेहरुमा, चुरोट रक्सी या लागुऔषध सेवन गर्नेहरुमा र क्षयरोगको औषधीको डोज पूर्ण सेवन नगरेका हरुमा यस संक्रमण फेरि देखिन सकिन्छ । औषधीको नियमित सेवन ले क्षयरोग निको हुन्छ तथापि क्षयरोग बाट जोगिनु जरुरी छ ।

Bhansar Bivag
Argakhachi Cement