राष्ट्रिय नाचघरमा दूई देखि पाँच बर्षका बालबालिकाले देखाए प्रतिभा

प्रकासित मिति: ३ भाद्र २०७५, आईतवार १५:२९

 

२ बर्षदेखि ५ बर्षसम्मका नानीबाबुहरुको “किड्स ट्यालेन्ट ट्राइल्स”े आईबार राष्टिय नाचघर जमलमा

काठमाण्डौं । आईतबार कसैले नाँचे कसैले गाए , कसैले अभिनय गरे यसरी दुई देखि पाँच बर्षका बालबालिकाले आफूमा भएको क्षमता खुलेर नै देखाए यो बाताबरण मिलाई दिएको थियो ,एसोसियसन अफ प्रिस्कूल एजुकेसन नेपाल र बूढानीलकण्ठ नगरपालिकाले । राष्ट्रिय नाचघरमा भएको कार्यक्रममा बालबालिकाहरुले आफ्नो क्षमता अनुसारको प्रतिभा देखाए ।
आजका बालबालिका सबैका साझा भविष्य हुन र उनीहरूको विकास र जीवनस्तर सुधारको लागि सामूहिक प्रतिवद्धता र साझा प्रयास आवश्यक छ त्यसैले बूढानीलकण्ठ नगरपालिका भित्रका २३ वटा मन्टेश्वरी पूर्व प्राथमिक विद्यालयहरुको ब्यापक सहभागिता मा कार्यक्रमको आयोजना गरिएको ह्यापी किड्स मन्टेश्वरीका प्रिन्सीपल कृष्ण कुमार बोहराले बताए । मन्टेश्वरीमा अध्यनरत बालबालिका एकै ठाउ भेला गराएर बालबालिका बिच आत्मियता बढाउने र उनिहरुलाई सहि ज्ञान दिनको लागि कार्यक्रमको आयोजना गरिएको हो ।
२ बर्षदेखि ५ बर्षसम्मका नानीबाबुहरुको “किड्स ट्यालेन्ट ट्राइल्स”े आईबार राष्टिय नाचघर जमलमा प्रदेश सांसद दिपक निरौलाले उद्घाटन गरे । २ देखि ५ बर्षसम्मका नानीबाबुहरु बिचको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति भन्ने बित्तिकै तपाईलाई पनि आश्चर्य लाग्न सक्छ । पक्कै पनि हो, किनकि यति साना नानी र बाबुहरुले राम्ररी सम्हालिएर हिड्न पनि जानेका हुदैनन् तर यस्तै साना साना नानीबाबुहरुको क्षमता अभिवृद्धिका लागि र उनीहरुमा भएको प्रतिभालाई प्रस्फूटनको बिशेष मौका दिनका लागि पनि एउटा भब्य सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरियो ।
बिभिन्न २३ मन्टेश्वरीमा रहेका नानीहरुको प्रस्तुतिले सबैको मन जितेको थियो । गितमा होस या नृत्य या अभिनय सबैमा बालबाललिकाले उत्कृष्ट प्रस्तुति दिएर सबै सहभागिहरुको मन जितेका थिए ।
समारोहमा बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्दब खरेल र अपेनका केन्द्रीय अध्यक्ष बद्रि प्रसाद दाहाल किड्स ट्यालेन्ट ट्राईल्स कार्यक्रमका कार्यक्रम संयोजक राजकुमार घिमिरे लगायतको सहभागिता रहेको थियो । कार्यक्रमा प्रदेश सासद दिपक निरौलाले बालबालिकाले उमेर अनुसार के गर्न हुने के गर्न नहुने भन्ने बारेमा जानकारी दिदै बालबालिकालाई असल संस्कार र संस्कृतिको बारेमा जानकारी गराउनुपर्नेमा जोड दिए । उनले बालबालिकालाई सानै उमेरदेखि परिवारको महत्व घरमा रहेका पारिवारीक सदस्यहरुको सम्बन्धको बारेमा जानकारी गराउनु सकिए बालबालिका गलत कार्यमा नलाग्ने बताउँदै यसको लागि मन्टेश्वरी स्कुलहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
बुढानिलकष्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले स्वभावैले बालबालिका चञ्चल हुन्छन् , खेल्न खोज्छन्, खान खोज्छन् । निर्वाध रूपमा रमाउन खोज्छन् भन्दै बालबालिकाको लागि बुढानिलकष्ठ नगर पालिका भित्र पयाप्त पार्क स्थापना गर्न लागि पर्ने जानकारी दिए । उनले बच्चाहरुको क्षमता अभिबृद्धि गराउने खालको गित संगित निर्माणमा पनि नगरपालिका लाग्ने बताए ।
साना दुई देखी ५ बर्षका बालबालिकाको सास्कृतिक प्रस्तुतिले अभिभावकलाई समेत हौशला मिलेको थियो । आईतबार दिउसो २ बजे बाट शुरु भएको कार्यक्रम साझ ६ बजे सम्म संञ्चालन गरिएको थियो । कार्यक्रमको मिडिया पार्टनरमा स्वदेश नेपाल डट कम, मेगा टिभी, एच टिभी, केटीएम खबर र ए टु जेड खबर रहेका थिए ।

Bhansar Bivag
Argakhachi Cement